८ वैशाख २०८१ शनिबार
समाज

लकडाउनका कारण समस्यामा परेकाहरुको सारथी बने प्रकाश साउद

ग्यासको समस्या परेका एक जना नाबालक विद्यार्थी ग्यास किन्न पैसा दिँदै प्रकाश साउद ।

डडेल्धुरा- लकडाउनका कारण समस्या परेका जो कसैको जस्तो सुकै समस्यामा पनि सहयोग गर्दै प्रकाश साउद समस्यामा परेकाहरुको सारथी बनेका छन् । लकडाउनको सुरुवातदेखि नै समस्या परेकाहरुलाई सहयोग गर्दै आईरहेको नाम हो, प्रकाश साउद । नेपाल चेम्बर अफ कमर्सका सुदूरपश्चिम संयोजक तथा डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष साउदले लकडाउनको सुरुवातमै आफ्नो नाम र नम्बर लेखिएको फ्ल्याक्समा समस्या परे सम्पर्क गर्नु होला भनेर डडेल्धुराका चोकमा झुण्ड्याएका थिए ।

लकडाउनको सुरुवातको समयमा पैदल ओहोर दोहोर गर्नेलाई उनले खाजा खुवाएर पठाए । घर जान नपाई अलपत्र परेकालाई यातायातको प्रबन्ध, बसोबास, उपचार पाउन नसकेकाहरुलाई पनि उनले सम्बिन्धत निकायसंग समन्वय गर्दै सहयोग गर्दै आए । लकडाउन लम्बिदै जान थालेपछि खाद्यान्नको समस्यामा परेका मजदुर, विपन्न वर्गलाई उनले खाद्यान्न दिई सहयोग गर्न थालेका छन् ।

उनले अहिले खास गरि जिल्ला सदरमुकाम क्षेत्रमा रहेका विद्यार्थीहरुलाई खाद्यान्नसंगै ग्यास उपलब्ध गराएर सहयोग गरि रहेका छन् । बिहानदेखि बेलुकीसम्म उनि जहाँ जसलाई जे समस्या छ । त्यहाँ पुगेर वा फोन सम्पर्कमा आउनेलाई पसलबाटै आवश्यक सामान उपलब्ध गराउन व्यस्त छन् ।   

उनले अहिले सम्म अलफत्र परेकाकरु लाई खाना खुवाई यातायातको प्रबन्ध मिलाई गन्तव्य तर्फ पठाएकाहरुको संख्या दुई सय बढी छ । विरामीको घरसम्मै एम्बुलेन्स पठाई स्वास्थ्य उपचारमा सहयोग गरेको संख्या दर्जन बढी छ । खाद्यान्न सहयोग गरेको संख्या पनि सय बढी रहेको छ भने विद्यार्थीहरुलाई खाद्यान्न लगायत ग्यास सहयकोग गरेको संख्या पनि ५० बढी रहेको उनले बताए । ककसलाई के कस्तो सहयो गरे भेनर तथ्यांक भने राख्ने नगरेको उनले बताए । जो व्यक्ति जे समस्या ल्याउन छ । तत्काले सहयोग गर्ने गरेको छु । उनले भने, यतिलाई यो यो सहयोग गरे भनेर लेखाजोखा नराख्ने गरेको उनले बताए ।

कोरोना भाईरस संक्रमण फैलन नदिन गरिएको लकडाउनले सेवा गर्ने अवसर दिएको उनि बताउँछन् । सुरु सुरुमा जहाका त्यही रोकिएकाहरु घर वा सुरक्षित स्तानसम्म जाने चाप थियो । सम्पर्कमा आएका सयौ व्यक्तिलाई यातायाताको प्रबन्ध मिलाईयो । उनले भने, पछि खाद्यान्न, ग्यासको समस्या आउन थाले सम्पर्क गर्नेलाई वा आफूले पाएको जानकारीका आधारमा सहयोग गरियो । अहिले पनि गर्दै छु । अहिले खास गरि स्वास्थ्य उपचारको समस्या देखिनछ । एमबुलेन्स मात्रै संचालन हुने गरेका छन । सबै ठाँउमा एम्बुलेन्स पनि नजाने, खर्चको समस्यामा परेकालाई सहयोग गर्दै आएको उनको भनाई छ ।

हरेक नागरिकले आफ्नो जिम्मेवारी वहन गरोस र मेरो अभियानले अरुलाई पनि प्रेरणा मिलोस भनि समस्यामा परेकाहरु लाई सहयोग गर्न थालेको उनले बताए । अप्ठेरोमा परेकाहरु लाई आफूले सकेको जती सहयोग गर्नु पर्छ है भन्ने भान होस । उनले भने, सबैमा सहयोगको ज्ञान जगाउन सहयोग गर्न थालेको हु । अप्ठेरोमा परेकाहरुलाई पनि हामिलाई सहयोग मिल्छ । आत्तिनु पर्दन भन्ने मनसाय बनाउनका लागी पनि आफूले सहयोग गर्न थालेको उनले बताए ।

आफूले गरेको सहयोगले स्थानीय तहहरुको पनि ध्यान तानेको उनले बताए । हामिले सहयोग गर्न सकेनौ भने प्रकाश साउदले गर्छ भनि स्थानीय तह पनि जागरुक भएको उनको भनाई छ । स्थानीय तहले सहयोग गर्न छुटपुट प्रती पनि उनको अभियानले जिम्मेवार बनाएको छ ।  

स्थानीय तहबाट राहात नपाएको गुनासो आएकाहरुलाई पनि उनले राहात उपलब्ध गराएका थिए । स्थानीय तह लगायत विभिन्न दातृ संघ संस्था व्यक्तिहरुले राहात वितरण गर्ने भनि चामल, दालको पहिरो खनाएका छन । उनले भने, खाद्यान्नको मात्रै समस्सया नभई नागरिकहरुलाई जन्मिनेदेखि मृतकको दाहा संस्कार गर्नसम्म समस्या छन् ।

अहिले कोरोना भाईरसका कारण मृत्यु भए मृत्यु भनिदैछ भने अरु रोग, विमार, अन्य कारणले मृत्यु लाई मृत्यु नै भनिदै छैन । यस कारण कुनै पनि समस्याका कारण अपठेरामा परेकाहरुलाई सहयोग गर्ने अभियानमा आफू रहेको उनले बताए ।

 

 

प्रकाशित: २४ वैशाख २०७७ १६:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App