७ वैशाख २०८१ शुक्रबार
समाज

लकडाउनको समयमा पनि पुल निर्माणको काम जारी

बुडर–जोगबुडा सडक खण्डको बाक्खोलीमा निर्माणाधिन पुल ।

डडेल्धुरा- निर्माण कार्य सक्ने सम्झौताअघि नै काम सक्ने गरी लकडाउनकै समयमा पुल निर्माणको काम जारी छ । लकडाउनका कारण देश भरीका अधिकांश विकास निर्माणका काम ठप्प रहेका समयमा डडेल्धुरामा भने पुल निर्माण कार्य जारी छ । कोरोना भाइरसको संत्रासका बीचमा पनि पुल निर्माणको काम जारी रहेको हो ।

जिल्लाको आधा जनसंख्या रहेको भित्रि मधेश जोगबुडा जोड्ने सडकमा पर्ने पुल निर्माणको काम अहिले पनि भई रहेको छ । बुडर–जोगबुडा सडक खण्ड अन्र्तगतकोे आलीताल गाउँपालिका–८ मा रहेको बाक्खोली खोलामा निर्माण भईरहेको पक्की मोटरेवल पुलको निर्माण कार्य धमाधम भईरहेको छ ।

बर्षातको समय सुरु हुनु भन्दा पहिलेनै पुल निर्माणको काम सम्पन्न गर्ने गरी कोरोना भाइरसको संक्रमणबाट बच्च विशेष सावधानी अपनाएर पुल निर्माणको काम भईरहेको छ । पुल निर्माणको काम गरि रहेका मजदुरलाई विशेष निगरानीमा राख्नुका साथै निर्माण स्थलमा बाहिरका व्यक्तिलाई आउन रोक लगाएर काम भई रहेको निर्माण कम्पनीले जनायो ।

लकडाउन खुल्ने बेलासम्म पुल निर्माणको काम रोके बर्खा लागि सक्ने र बर्षातमा बाढीले क्षति गर्ने भयले कोरोना भाइरसको संत्रासका समयमा पनि विशेष सावधानी अपनाएर काम गरिरहेको निर्माण कम्पनीले जनाएको छ ।

पुल निर्माणको कामलाई तीव्रता दिईरहेको भएपनि सहज रुपमा निर्माण सामग्री नपाउँदा केही समस्या भईरहेको निर्माण कम्पनीले दुःखेसो छ । ६२.९५ मिटर लम्बाई भएको पक्की मोटरेवल पुल निर्माण कार्य निर्धारित समय भन्दा पहिलेनै सक्ने लक्ष्य लिएर काम भईरहेको छ । ६ कारोड ४२ लाख रुपैयाँको लागतमा निर्माण भईरहेको पुलको निर्माणको कार्य रसुवा कन्ट्रक्सन जय विष्णु काठमाडौ कम्पनीले गरीरहेको छ ।

 

प्रकाशित: १० वैशाख २०७७ ०५:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App