coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अप्राकृतिक मैथुन आरोपमा फारार अभियुक्त चार महिनापछि पक्राउ

डडेल्धुरा- अप्राकृतिक मैथुन गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन् । एक स्थानीय पुरुषलाई नै अप्राकृतिक मैथुन गरि फरार रहेको एक जना पुरुषलाई प्रहरीले चार महिनापछि पक्राउ गरेको हो ।

भागेश्वर गाउँपालिका–४ का बिमल ओड नाम गरेका पुरुष पक्राउ परेका हुन । पुरुषलाई नै अप्राकृतिक रुपमा मैथुन गरि फरार रहेका ओडलाई बिहीबार पक्राउ गरि अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताए ।

स्थानीय एक पुरुषलाई मैथुन गरेको अभियोगमा ओडलाई कारवाहीको माग गर्दै २०७६ पुष २६ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन परेको थियो । उनले भने, कारवाही प्रकिया अघि बढाउन प्रहरीले उनको खोजतलास गर्दा उनि घर छोडी फरार रहेका थिए । लकडाउनका समयमा उनि घर आएको भन्ने गोप्य सूचरनाका आधारमा उनको घरबाटै प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएपछि अनि माथि लागेको आरोप बारे अनुसन्धान थालि कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी नायव उपरिक्षक न्यौपानेले बताए ।

प्रकाशित: २६ वैशाख २०७७ १५:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App