८ वैशाख २०८१ शनिबार
समाज

लकडाउनका बेला चुरे वन क्षेत्रमा अवैध काठ कटानी मौलायो

चुरे क्षत्रेमा अवैध रुपमा काटान गरिएको सालको रुख ।

डडेल्धुरा- कुनै समय काठ कटानीमा वदनामी कमाएको डडेल्धुराको चुरे क्षेत्रमा लकडाउनको मौका छोपेर अवैध सालका रुखकको कटानी फेरी सुरु भएको छ । लकडाउनका समयमा वन कर्मचारीसहित स्थानीयहरुको समेत आवतजावत बन्द नै भएको मौका छोपी चुरे क्षेत्रको परशुराम नगरपालीकामा पर्ने राष्ट्रिय वनदेखि सामुदायिक वनमा सालका रुख काट्ने क्रम बढेको हो ।

परशुराम नगरपालीका–१२ को राष्ट्रिय वन क्षेत्र र वडा नं.७ को एक सामुदायिक वनमा सालका रुख काटिन थालेका छन् । वडा नं. १२ को डङसेरा सामुदायिक वन संग जोडिएको राष्ट्रिय वन र वडा नं.७ को सुन्दर सामुदायिक वनमा अवैध रुपमा रुख काट्न थालेका छन् । सालका रुख काटेर जगलमै चिरान गरि तस्करी भईरहेको सामुदायिक वनका उपभोक्ताख बताउँछन् ।

राष्ट्रिय वनमा काठ तस्करको सिकाइमा राउटेले अवैध रुमा सालका रुख काटेका थिए । भने सुन्दर सामुदायिक वनमा साुमदायिक वनकै पदाधिकारीकै संलग्नतामै सालका रुख काटेर तस्कर भईरहेको सादनीका एक स्थानीयले बताए । सुन्दर सामुदायिक वनमा करिब एक साता पहिलेदेखि सालका रुख काट्न थालिएको हो । लकडाउनको अवधीभर सामुदायिक वन देखी राष्ट्रिय वनमा कुनै पनि गतिविधि गर्न नपाईने भएपनि सबै घरमै बसेको मौका छोपेर चुरे क्षेत्रमा धमाधम सालका रुख काटेर काठ तस्करी भईरहेको छ ।

काठ तस्कार बारे डिभिजन वन कार्यालय डडेल्धुरा भने बेखवर छ । वडा नं. १२ को राष्ट्रिय वन अतिक्रमण गरि बनाइएका टहरा जलाईएको भएपनि सुन्दर सामुदायिक वनमा काटिएको काठका बारेमा भने जानकारी नभएको डिभिजन वन कार्यालय डडेल्धुराका प्रमुख विष्णु प्रसाद आचार्यले बताए ।

लकडाउनको समयमा पनि सामुदायिक वन तथा राष्ट्रिय वनमा निगरानी बढाउँदा बढाउँदै पनि केही स्थानमा काटिएको हुन सक्छ । उनले भने, अव सामुदायिक वनका पदाधिकारी संगको सहकार्यमा अवैध रुख कटानी गर्नेको खोजी गरि दोषीलाई कारवाही गरिन्छ ।

विगत लामो समय देखी भित्रिमधेशको आलिताल  र परशुराम नगरपालीकामा सहज रुपमा रुख कटानीमा रोक लगाएपछि काठ तस्कर अत्तालिएका छन् । आलिताल गाउँपालिका र परशुराम नगरपालीकाका दुर्गम क्षेत्रमा अवैध रुपमा सालका रुखको कटानी गरि काठ तस्कर गर्ने क्रम बढेको भन्दै स्थानीय वासीन्दाले चिन्ता व्यक्त गरेका छन् ।

केही दिन पहिले आलितालको चुरे क्षेत्रबाट काठ काटेर तस्कर गर्ने क्रममा कञ्चनपुरमा पक्राउ गरिएको थियो । कञ्चनपुरबाट चुरेका विभिन्न स्थानमा सडक संजाल जोडिदा काठ तस्करलाई तस्करीका लागि सहज भएको छ । चुरे क्षेत्रमा सडकको सञ्जाल जोडिएको भएपनि ति स्थानमा कुनै पनि सुरक्षा निकायका साथै वन कर्मीको उपस्थीति नहुँदा काठ तस्करलाई तस्करीका लागि झनै सहज भएको छ ।

भित्रिमधेशका सामुदायिक वनदेखि राष्ट्रिय वन भित्र काठ चिरानी गरी कञ्चनपुरमा काठ तस्करी हुने गरेकोे छ ।

 

प्रकाशित: १४ वैशाख २०७७ ०२:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App