७ वैशाख २०८१ शुक्रबार
समाज

लकडाउनमा काठ तस्कर बढेपछि गस्ती पेट्रोलिंग गर्दै वन कार्यालय

वन कार्यालयले बरामद गरेको अवैध रुपमा कटान गरी तस्कर गरिन लागेको काठ जीपसहित ।

डडेल्धुरा- लकडाउनको समयमा वन अतिक्रमणसंगै अवैध काठ कटान गरि तस्करी मौलाएपछि डिभिजनल वन कार्यालय डडेल्धुराले गस्ती पेट्रोलिंग गरिरहेको जनाएको छ । लकडाउनका समयमा चुरे र महाभारत वन क्षेत्रमा स्थानीयहरुले जंगल फडानी गरि जमिन अतिक्रमण गरिरहेका छन् । उनीहरुले मुख्य गरि सालका रुख कटान गरि तस्कर गरिरहेका छन् ।

नया वर्ष अर्थात वैशाख महिनामा मात्रै चुरे क्षेत्र भित्रि मधेशको आलिताल गाउँपालिका र परशुराम नगरपालिकाका विभिन्न स्थानमा अवैध काठ बरामद गरिएको छ । साल र सल्लाको काठ तस्कर गरिरहेको र बेवारिसे अवस्थामा २ सय घनफिट काठ बरामद गरिएको डिभिजनल वन कार्यालयले डडेल्धुराले जनाएको छ ।

लकडाउनका समयमा मौकाको फाइदा उठाउदै जंगल क्षेत्रमा हुन सक्ने नकारात्मक गतिविधिलाई निस्तेज गर्न डिभिजन वन कार्यालय डडेल्धुराले गस्ती पेट्रेलिंगको काम लाई तीव्रता दिएको वन अधिकृत बिष्णुप्रशाद आचार्यले बताए ।

आलिताल गाउँपालिका–४ को जाल्टुडामा वैशाख ७ गते जीपमा अवैध ढंगले लुकाई छिपाई तस्कर गर्न लागिएको ९ थान साल जातका कडी पक्राउ गरिएको छ । राति ८ बजेका समयमा से अ च २५० नम्बरको महेन्द्रा बोलेरो जीपमा तस्कर गर्न लागिएको (७,४,३) फिटका कडी ५ दशमलब २५ घन फिट काठ पक्राउ गरिएको वन अधिकृत आचार्यले बताए । पक्राउ गरिएको काठ र गाडी अहिले डिभिजन वन कार्यालयको परिसरमा रहेको छ । उनले भने, पक्राउ परेका २५ वर्षिय जीप चालकलाई कानूनी कारवाहीको प्रक्रिया अघि बढाइएको छ ।

वैशाख ८ गते आलिताल गाउँपालिका–४ कै जाल्टुडाको एक झाडीमा लुकाई छिपाई अवस्थामा राखेको साल जातका १८ थान कडी (७,४,३ ) फिटको १० दशमलब ५ घन फिट काठ बेवारिसे अवस्थामा बरामद भएको छ । मूल बाटोबाट ५० मिटरभित्र पट्टि झाडीमा लुकाई छिपाई अवस्थामा राखेको अवस्थामा काठ बरामद गरिएको हो । उक्त काठ नियन्त्रणमा लिई आलिताल सब डिभिजन वन कार्यालयमा राखिएको छ । काठ काट्ने व्यक्तिको खोजी कार्य जारि रहेको उनले बताए ।

वैशाख ११ गते आलिताल गाउँपलिका– ६ को बसन्त हरियाली सामुदायिक वनमा साल र सल्लोको विभिन्न साईजका ६० थान काठ बरामद गरिएको वन कार्यालयले जनायो । ५९ दशमलब ९३ घनफिट चिरान काठ बेवारिसे अवस्थामा बरामद भएको छ । १२ थान सल्लोको काठ ५ दशमलब ४३ घनिफट र ४८ थान सालको ५३ दशमलब ३६ घनफिट रहेको वन अधिकृत आचार्यले बताए । बरामद गरिएको काठ ट्रयाक्टरमा उठाई आलिताल सब डिभिजनको परिसरमा राखिएको छ ।

उक्त काठका सम्बन्धमा सामुदायिक वनलाई स्पष्टिकरण सोधिएको छ । उनले भने, समूहको बैठक बसेर जवाफ दिने भनि समूहले जनाएको छ  । र वन कार्यालय र समूहले काठ काट्नेहरुको खोजी जारि राखेको छ । परशुराम नगरपालिका–८ को सुन्दरी सामुदायिक वनमा एउटा सुखड रुख काटेर ५ वटा गिन्डा बनाएको अवस्थामा भेटिएको छ । सामुदायिक वनभित्र ४ थान थप गिन्डा (पुरानो देखिने) काठ वन कार्यालयको गस्ती टोलीले बरामद गरि सम्बन्धित समूहलाई जिम्मा लगाएको छ । यसको आयतन ४२ दशमलब ८ घट फिट रहेको छ । आवश्यक कारवाहीको लागि पत्राचार गरिएको छ । भने काठ काट्ने व्यक्तिको खोजी कार्य जारि रहेको उनले बताए ।

लकडाउनका समयमा अहिले सम्म भिसत्रमधेशको चुरे क्षेत्रमा गस्ती पेट्रोलिंग गरेको र  आगामी योजना महाभारत क्षेत्रको वन अतिक्रमणमा केन्द्रित रहने वन अधिकृत आचार्यको भनाई छ ।
 

प्रकाशित: १५ वैशाख २०७७ ०३:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App