२१ असार २०८१ शुक्रबार
image/svg+xml

खोटाङमा विदेशबाट फर्किएका नौ जना क्वारेन्टिनमा

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा विभिन्न देशबाट फर्किएका नौ जनालाई क्वोन्टिनमा राखिएको छ । दुवईबाट आएका पाँच जना, साउदी अरबबाट फर्किएका दुई जना, मलेसिया र कुबेतबाट फर्किएका एक/ एक जनालाई क्वारेन्टिनमा राखिएको हो । पिसिआर परिक्षण नगरी आइपुगेका सात जनालाई बिहिबारदेखि र दुई जनालाई शुक्रबारदेखि महादेवस्थानस्थित स्वास्थ्यचौकीको क्वारेन्टिनमा राखिएको हो ।

होटल क्वारेन्टिनमा साढे तीन सय मात्र

विदेशबाट हालसालै फर्केका नेपालीलाई १४ दिने क्वारेन्टिनमा राख्न करिब पाँच दर्जन होटल तयार रहे पनि बस्नेको संख्या भने ज्यादै न्यून देखिएको छ।

लुकीछिपी नेपाल प्रवेश गरेका ३३ जनालाई सशस्त्र ले पुर्यायो क्वारेन्टिनमा

कोरोना भाइरसविरुद्ध नेपाल–भारत सीमामा खटिएको सशस्त्र प्रहरीले बिनाअनुमति लुकीछिपी सीमानाकाबाट नेपाल प्रवेश गर्नेलाई नियन्त्रणमा लिई क्वारेन्टिनमा राख्ने अभियानलाई जारी राखेको छ।

गोकर्णेश्वर नगरपालिकाले सुविधा सम्पन्न क्वारेन्टिन निर्माण गर्याे

सरकारले विदेशमा भएका आफ्ना नागरिकलाई उद्वार गर्ने नीति लिए संगै देश भर क्वारेन्टिन निर्माण भैरहेका छन् । यसै बीच बनेका क्वारेन्टिनहरु को नाजुक अबस्था बारे बिभिन्न समाचारहरू आइरहेका छन् । हरेक स्थानीय तहले आफ्नो क्षेत्रमा क्वारेन्टिनहरु निर्माण गरिरहेका छन् । तर केहि स्थानमा नाजुक अवस्था र सामान्य सुविधा समेत नभएका क्वारेन्टिनहरु निर्माण गरेर सरकारले आलोचना समेत खेपी रहेको छ ।

रिपोर्ट नआउँदा एक महिनासम्म क्वारेन्टिनमा

लामो समयसम्म क्वारेन्टिनमा बस्दा आफ्नो उपचार प्रक्रियामा ढिला भएको ती युवाले बताए । समयमै रिपोर्ट नआउँदा क्वारेन्टिनमै बिरोध प्रदर्शन गर्नुपरेको उनको भनाइ छ ।

सेल्फ क्वारेन्टिनमा बसी सेवा गरे युवा समूहले

धनगढीका युवाहरूको एक समूहले कोरोना भाइरसको सन्त्रासका कारण भारतका विभिन्न शहरबाट कैलालीको त्रिनगर भन्सार सीमानाका हुँदै भित्रिएका नेपालीलाई एक महिनासम्म निःशुल्क खाना तथा पानी वितरण गरी सहयोग गरेको छ।

क्वारेन्टिन व्यवस्थापनमा समस्या

मोरङका स्थानीय तहहरूले सञ्चालन गरेको क्वारेन्टिन व्यवस्थापनमा समस्या भएको छ । संघीय सरकार र प्रदेश सरकारले आबश्यक सहयोग नगर्दा मोरङका विभिन्न स्थानीय तहहरूमा सञ्चालित क्वारेन्टिन व्यवस्थापनमा समस्या भएको हो । मोरङमा भारत तथा अन्य देशबाट आउनेहरूको संख्या दैनिक बढ्दो छ । तर, स्रोत साधनको अभावले स्थानीयतहहलाई क्वारेन्टिनको व्यवस्थापन गर्न हम्मे पर्न थालेको स्थानीय जनप्रतिनिधिहरू बताउँछन् । क्वारेन्टिनको व्यवस्थापनमा समस्या भएपछि कतिपय स्थानीयतहहरूले क्वारेन्टिनको संख्यासमेत घटाउन थालेका छन् ।

क्वारेन्टिनबाट घर फर्केका युवकको मृत्यु

नौ दिनअघि क्वारेन्टिनबाट घर फर्किएका एक युवकको मृत्यु भएको छ । भारतको हिमाञ्चलबाट जेठ १६ आएका उनी १४ दिन क्वारेन्टिमा बसेर जेठ २९ गते घर गएका थिए । भेरीगंगा नगरपालिका–५ सिरेनीका ३४ वर्षीय युवकको आइतबार विहान ११ बजे छिन्चुस्थित गणेश मेडिकल हलमा उपचारका क्रममा मृत्यु भएको हो ।

जो क्वारेन्टिमै पुगेर नृत्य सिकाउँछन्

नेपालका चर्चित कोरियोग्राफर मध्येका एक केशव थापा सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहन्छन् । सामाजिक, सांस्कृतिक र राजनीतिक गतिविधिमा चासो राख्ने उनलाई क्वारेन्टिनमा बसिरहेकाहरुको कष्टकर दैनिकीसँग नजिक हुन मन लाग्यो ।

चार दिनमा ७० बेड क्वारेन्टिनसहितको आइसोलेसन तयार

भारतबाट आएर क्वारेन्टिनमा रहेकाहरुमा पिसिआर जाँच गर्दा रिपोर्ट पोजेटिभ आउने क्रम बढेपछि गोरखामा चार दिनमा ७० बेड क्षमताको आइसोलेसन तयार गरिएको छ। ११ वटै स्थानीय सरकार मिलेर गोरखा क्याम्पसमा आइसोलेसन वेड तयार गरेका हुन्।

क्वारेन्टिनमा न ओछयान न झुल, २० दिनदेखि स्वाब परीक्षणकै पर्खाइमा

‘भुइँमै सुत्छौँ, ओछयाउनलाई न तन्ना छ न झुल । रात लामखुट्टे मारेरै बितेको छ । कोरोना भन्दा पहिले मलेरिया लागेर मर्ने हो कि जस्तो लाग्छ,’ धनुषा सबैला नगरपालिका—२ स्थित सरस्वती माध्यमिक विद्यालयका क्वारन्टिनमा बसिरहेका चन्दन साहले दुखेसो पोखे । भारतको गुजरातबाट गत जेठ २२ गते फर्किएयता भोगेका दुःख सम्झिदा उनको आँखा रसाउँछ ।

क्वारेन्टिनमै किरियापुत्री

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीका लीलाधर भट्ट क्वारेन्टिनमा किरियापुत्री बसेका छन् । बुवाको मृत्यु भएपछि उनी क्वारेन्टिनमै किरियामा बसेका हुन् । चार दिन अघि रतको दिल्लीबाट फेर्कर गाउँकै भूमिराज मावि चडेपानीको क्वारेन्टिनमा किरिया बसिरहेका छन् ।

क्वारेन्टिन व्यवस्थापन खर्चमा वेथिति : संकलन २७ करोड, खर्च साढे २५ करोड

जेठको पहिलो साता कर्णाली प्राविधिक शिक्षालय जुम्लामा निर्माण गरिएको क्वारेन्टिनबाट ५/६ जना नागरिक भाग्ने कोसिस गरे । तर प्रहरीले रोकी दियो । भाग्ने कोसिस गर्नुको प्रमुख कारण, ‘क्वारेन्टिनको व्यवस्थापन कमजोर हुनु हो ।’ नेता तथा मन्त्रीका आफन्तलाई होमक्वारेन्टिनमा र निमुखालाई अव्यवस्थित क्वारेन्टिनमा राखेको अर्काे कारण थियो । यति मात्र होइन कर्णालीका विभिन्न स्थानीय तहमा मापदण्डविपरीत क्वारेन्टिन छन् । क्वारेन्टिनभित्र खान र बस्न समस्या भएको भन्दै सर्वसाधारण हारगुहार पनि मागे ।

आइसोलेसन र क्वारेन्टिन निर्माणका लागि ३५ करोड उपलब्ध गराउने

सरकारले स्थानीय तहमा आइसोलेसन र क्वारेन्टिन निर्माणका लागि ३५ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले प्रदेश सरकार मार्फत स्थानीय तहहरूलाई सो रकम उपलब्ध गराउने निर्णय गरिएको हो । कोरोना संक्रमण बढ्दै गएको अवस्थामा थप क्वारेन्टिन र आइसोलेसन निर्माण गर्नुपर्ने भएकाले केन्द्रीय कोभिड—१९ कोषबाट ३५ करोड रुपैयाँ स्थानीय तहलाई उपलब्ध गराउने निर्णय भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्