२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

गोकर्णेश्वर नगरपालिकाले सुविधा सम्पन्न क्वारेन्टिन निर्माण गर्याे

सरकारले विदेशमा भएका आफ्ना नागरिकलाई उद्वार गर्ने नीति लिए संगै देश भर क्वारेन्टिन निर्माण भैरहेका छन् । यसै बीच बनेका क्वारेन्टिनहरु को नाजुक अबस्था बारे बिभिन्न समाचारहरू आइरहेका छन् । हरेक स्थानीय तहले आफ्नो क्षेत्रमा क्वारेन्टिनहरु निर्माण गरिरहेका छन् । तर केहि स्थानमा नाजुक अवस्था र सामान्य सुविधा समेत नभएका क्वारेन्टिनहरु निर्माण गरेर सरकारले आलोचना समेत खेपी रहेको छ । 

यसै बीच अहिले विदेशबाट फर्केका आफ्नो नगरपालिका क्षेत्रमा बसोबास गर्ने नागरिकहरुको लागी गोकर्णेश्वर नगरपालिकाले भने सुविधा सम्पन्न क्वारेन्टिन निर्माण गरेको छ । वडा नम्बर ४ मा अवस्थित सहयोगी माध्यामिक विद्यालयको नव निर्मित भवनलाई नगरपालिकाले क्वारेन्टिन बनाएको हो । नेपाल मेडिकल कलेजको सहयोगमा निर्माण भएको क्वारेन्टिनमा ५० बेड रहेको मेयर सन्तोष चालिसेले बताए । 

२४ घण्टामा ४ पटक स्वस्थ्य खाना दिने, तत्काल मेडिकल सहायता केहि चाहिए गोकर्ण प्राथमिक अस्पतालाले दिने अनि क्वारेन्टिनमा बसेकाहरुलाई कोरोनाको लक्ष्यण देखिए तत्काल शंखरापुर अस्पतालमा रहेको आइसोलेसनमा राखेर उपचार गर्ने गरि नगरपालिकाले व्यवस्था मिलाएको पनि मेयर चालिसेले बताए । क्वारेन्टिन स्थल रहेको वडाका वडा अध्यक्ष श्रीकुमार श्रेष्ठका अनुसार आज सम्म क्वारेन्टिनमा २ महिला सहित ८ जना रहेका छन् ।

उनीहरु दुबई, साउदी अरेबिया, मलेसिया र कुबेत बाट फर्केका नागरिक हुन् । क्वारेन्टिनमा रहेकालाई योगा लगायत शारीरिक ब्यायाम पनि गराउने लक्ष्य रहेको श्रेष्ठ बताउँछन । नेपाली सेनाको विपद ब्यबस्थापन गण र क्वारेन्टिन स्थल रहेको वडामा भएको विपद व्यवस्थापन समिति संग मिलेर क्वारेन्टिनको सुरक्षा लगायतका कार्य गर्ने योजना नगरपालिकाको रहेको छ ।

प्रकाशित: ९ असार २०७७ १३:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App