coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

क्वारेन्टिनमै किरियापुत्री

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीका लीलाधर भट्ट  क्वारेन्टिनमा किरियापुत्री बसेका छन् । बुवाको मृत्यु भएपछि उनी क्वारेन्टिनमै किरियामा बसेका हुन् । चार दिन अघि रतको दिल्लीबाट फेर्कर गाउँकै भूमिराज मावि चडेपानीको क्वारेन्टिनमा किरिया बसिरहेका छन् ।  

बुबा चिन्तामणिको ६ दिनअघि  निधन भएपछि उनले क्वारेन्टिनमै किरिया सुरु गरेका छन् । किरियापुत्रीलाई पनि घरमै बस्न नदिएको दुखेसो उनले पोखे  । घरमै बस्ने व्यवस्था मिलाउन गाउँपालिकालाई अनुरोध गरे पनि घर पठाउन नमानेको स्थानीयबासी केशव भट्टले जानकारी दिए ।

भारतबाट आएका सबै नागरिकलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्नुपर्ने निर्देशनअनुसार नै उनलाई क्वारेन्टिनमा राखिएको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिए । उनको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि  पठाइएको र १४ दिनअघि नै रिपोर्ट नेगेटिभ आए घर पठाइने उनले बताए ।

यसअघि गत जेठ दोस्रो साता मेलौली नगरपालिका–७ पच्कोराका रामसिंह रावत पनि आफ्ना बुवाको किरिया क्वारेन्टिनमा बसिसकेका थिए ।

प्रकाशित: ६ असार २०७७ ०७:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App