८ वैशाख २०८१ शनिबार

इलाममा किरियापुत्रीले गरे मतदान

प्रतिनिधिसभा तथा प्रदेशसभाको जारी निर्वाचनमा इलाममा किरियापुत्रीले पनि मतदान गरेका छन्। सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकामा किरियापुत्रीले मतदान गरेका हुन्।

ज्योति विकास बैंकको सहयोग

ज्योति विकास बैंकले बाँकेको कोहलपुर नगरपालिका–१५ स्थित शम्शेरगन्ज स्वास्थ्यचौकीको बर्थिङ सेन्टरलाई डेलिभरी बेड र श्रीपशुपति भण्डारेश्वर धार्मिक सेवा समितिमा रहेको किरियापुत्री भवनलाई ग्यासगिजर हस्तान्तरण गरेको छ।

क्वारेन्टिनमै किरियापुत्री

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीका लीलाधर भट्ट क्वारेन्टिनमा किरियापुत्री बसेका छन् । बुवाको मृत्यु भएपछि उनी क्वारेन्टिनमै किरियामा बसेका हुन् । चार दिन अघि रतको दिल्लीबाट फेर्कर गाउँकै भूमिराज मावि चडेपानीको क्वारेन्टिनमा किरिया बसिरहेका छन् ।

क्वारेन्टिनमै किरिया शुरु

दोगडाकेदार गाउँपालिका–७ चडेपानीका लीलाधर भट्ट आफ्ना बुबाको किरिया गर्न क्वारेन्टिनमा नै बसेका छन्। भारतको दिल्लीमा काम गर्दै आएका उनी चार दिनदेखि भूमिराज मावि चडेपानीको क्वारेन्टिनमा बसिरहेका छन्। उनका बुबा चिन्तामणि भट्टको ६ दिनअघि निधन भएपछि उनले क्वारेन्टिनमै किरिया शुरु गरेका हुँन् । केही दिनअघि कञ्चनपुरको गड्डाचौकीबाट उद्धार गरी उनी दोगडाकेदार पुगेका थिए।

चार किरियापुत्रीसहित तीन सय ७८ जनाको उद्वार

बैतडीको झुलाघाट सीमानाकाबाट किरियापुत्रीसहित ३ सय ७८ जनाको उद्धार गरिएको छ । भारतका विभिन्न स्थानबाट आएर सीमावर्ती बजार झुलाघाट र पिथौरागढमा अलपत्र परेका चार किरियापुत्रीसहित उनीहरुलाई शुक्रबार उद्धार गरिएको हो ।

भारतीय क्वारेन्टाइनमा रहेका किरियापुत्रीको उद्वार

कोरोना नियन्त्रण समिति बैतडीले भारतीय क्वारेन्टाइनमा रहेका किरियापुत्रीलाई उद्वार गरेको छ । लकडाउनका कारण भारतको पिथौरागढमा रहेका पुर्चौडी नगरपालिका–३, न्वादेउका प्रेमसिंह धामी, रामसिंह धामी र अम्मरसिंह धामीलाई उद्वार गरी नेपाल ल्याएको हो ।

आमाको किरियामा एक्ली छोरी

बरहथवा नगरपालिका–५, निवासी १८ वर्षीया स्वस्तिका सुनार हत्या गरिएकी आफ्नी आमाको किरियापुत्री बसेकी हुन्। सुनारकी आमा ३३ वर्षीया सुनिता विकको गत चैत ७ गते राती सुतिरहेको अवस्थामा खुकुरीले काटेर विभत्स हत्या भएको थियो।

प्रदेश ४ मा किरियापुत्रीले गरे मतदान

प्रदेश ४ मा भइरहेको राष्ट्रियसभा निर्वाचनमा एक किरियापुत्रीले पनि मतदान गरेका छन् । पर्वतको विहादी गाउँपालिकाका अध्यक्ष कमल भुषाल राष्ट्रियसभाको निर्वाचनमा मतदान गर्न किरियापुत्रीकै भेषमा पोखरा आएका थिए । आमाको निधनपछि उनी हिन्दु संस्कार बमोजिम किरिया बसेका थिए।

मतदान गर्न किरियापुत्रीको लर्को (फोटो फिचर)

किरियापुत्री बसेका दर्जन मतदाताहरूले धरान उपमहानगरपालिका ६ स्थित एउटै मतदान केन्द्रमा मतदान गरेका छन्।  ऐतिहासिक प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन भएकोले आफ्नो मताधिकार सुरक्षित गर्न र योग्य उम्मेदवार चयन गर्न मतदान गरेको किरियापुत्री बसेका मतदाताहरूले बताएका छन् । सुनसरी निर्वाचन क्षेत्र नं १ अन्र्तगत पर्ने सरस्वती उच्चमाविस्थित मतदान केन्द्रमा उनीहरूले मतदान गरेका हुन्।

कोटेश्वरका किरियापुत्री शर्माले मतदान केन्द्रमा व्यक्त गरे यस्तो आशा (भिडियो)

मुलुकमा नयाँ संविधानअनुसार प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचन भइरहँदा कोटेश्वरका हरिप्रसाद शर्मा आमाको मृत्युमा किरिया बसिरहेका थिए। बिहीबार उनी सेतो लुगामै कोटेश्वर बहुमुखी क्याम्पसस्थित मतदान केन्द्र पुगे।

किरियापुत्री कविले गरे मतदान

आमाको काजकिरिया गरिरहेका इलामका युवाकवि विमल वैद्यले मतदान गरेका छन् । उनले नगरपालिका–७ को बालमन्दिर विद्यालयको केन्द्र (क) बाट केहीबेरअघि मतदान गरेका हुन्।

सात भाइ किरियापुत्री मतदानमा

उनीहरु सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिका कुञ्चोक केन्द्रमा मतदानका लागि आएका किरियापुत्री दाजुभाइ हुन्।

किरियापुत्रीबाट मतदान

सिन्धुलीको गोलान्जोर गाउँपालिका–१ च्याकुटारबेँसीका किरियापुत्री दाजुभाइले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्