७ वैशाख २०८१ शुक्रबार
समाज

चार किरियापुत्रीसहित तीन सय ७८ जनाको उद्वार

बैतडीको झुलाघाट सीमानाकाबाट किरियापुत्रीसहित ३ सय ७८ जनाको उद्धार गरिएको छ । भारतका विभिन्न स्थानबाट आएर सीमावर्ती बजार झुलाघाट र पिथौरागढमा अलपत्र परेका चार किरियापुत्रीसहित उनीहरुलाई शुक्रबार उद्धार गरिएको हो । 

उद्धार गरिएकामध्ये बैतडीका १ सय ६२, बझाङका १ सय, बाजुराका ३०, दार्चुलाका ११, कञ्चनपुरका ६, डडेल्धुराका ५,अछामका ३, र अन्य जिल्लाका  नागरिक रहेका छन् । उनीहरुलाई सीमानाकामा समान्य चेकजाँच मात्र गरिएको छ । बिना परीक्षण भित्र्याएका उनीहरुबाट संक्रमणको जोखिम बढेको छ । उद्धार गरिएका नागरिकलाई सम्बन्धित जिल्ला र बैतडीको हकमा सम्बन्धित स्थानीय तहमा पठाइएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए ।

यसअघि गत वैशाख १८ मा पनि झुलाघाट नाकाबाट उद्धार गरिएको थियो । यसैबीच झुलाघाटबाट ११ जना भारतीय पनि आफ्नो देश फर्केका छन् । नेपाल र भारतका स्थानीय प्रशासनबीच भएको सहमतिअनुसार दुवै देशका अलपत्र परेका नागरिकलाई आ-आफ्ना देशमा फर्कने व्यवस्था गरिएको हो 

१० दिनदेखि  झुलाघाटको क्वारेन्टिनमा बस्दै आएका चार जना किरियापुत्रीको पनि उद्धार गरिएको छ । उनीहरुमध्ये दुईजना आफ्ना बुवा गुमाएका, एकजना आमा र एकजना श्रीमती गुमाएका रहेका छन् । सुर्नया गाउँपालिका–३ का राजेन्द्रप्रसाद र तारा भट्टका बुवा देवदत्त भट्टको गत वैशाख ३१ मा निधन भएको थियो ।

यस्तै, पुर्चौडी नगरपालिका–७ का ठगी साउदकी आमा भुरी साउदको जेठ १ गते निधन भएको थियो । यस्तै, सिगास गाउँपालिका–९ का कृष्णसिंह धामीकी श्रीमती कलावतीको वैशाख ३० मा निधन भएको थियो । तर, नाका सिल हुँदा उनीहरुले झुलाघाटमा रहेको क्वारेन्टाइनमा नै किरिया गरिरहेका थिए । यसअघि गत वैशाख १० मा पनि बैतडीका तीन किरियापुत्रीलाई स्वदेश भित्र्याइएको थियो ।

गत वैशाख १८ र चैत १४ गरी दुईपटक एक हजारजना भन्दा बढी झुलाघाट नाकाबाटै उद्धार गरी ल्याइएको थियो । बिना परीक्षण भित्रिए भारतका विभिन्न शहरबाट नेपाल प्रवेश गरेका उनीहरुलाई परीक्षणबिनै आएका हुन् । 

प्रकाशित: १० जेष्ठ २०७७ ०६:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App