२९ वैशाख २०८१ शनिबार
image/svg+xml

बाढिमा फसेका चार जनाको सकुशल उद्वार

कास्की जिल्लाको पोखरा महानगरपालिका १३ काहुँखोला साझा स्थित बिजयपुर खोलामा फसेका चार जनाको हिजो राती सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ।

रास्कोट जिप दुर्घटनाका घाइतेको हेलिकप्टरबाट उद्वार

कालिकोट रास्कोटमा जिप दुर्घटनामा परी घाइते भएकी रिता सिंह 'शाही'को करिब तीन घण्टापछि हेलिकप्टर मार्फत उद्वार गरिएको छ।

साउदीमा तीन महिनामा कोमामा पुगेर बाँचेका भूलेजको एनआरएनएको पहलमा उद्वार

परिवारको आवश्यकता पूरा गर्ने, छोराको उचित पालनपोषण गर्ने र सहज जीवनयापनको सपना बोकेर वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका थिए मोरङका वेदबहादुर भुजेल। तर साउदीमा आफूले भनेको जस्तो काम नपाएपछि उनी बेखर्ची मात्र होइन गैरकानुनी रुपमा बस्न बाध्य भए।

कोभिड संक्रमितको उद्वारका लागि हेलिकोप्टर प्रयोग गरिने

कोभिड–१९ (कोरोना भाइरस) संक्रमितको उद्वारका लागि कर्णालीका विकट क्षेत्रमा हेलिकोप्टरको व्यवस्था गरिने भएको छ।

गाउँ पसेको घोरलको सकुशल उद्वार

जुम्लाको चन्दननाथ नगरपालिका क्षेत्रको छिना गाउँभित्र भेटिएको घोरलको सकुशल उद्वार गरिएको छ । छिना गाउँका नरसिंह थापाको घर नजिकैको गेटमा लुकेर बसेको घोरलको सकुशल उद्वार भएको हो।

अपहरित अढाई वर्षे बालकको भारतबाट उद्वार

घरको आँगनमा खेलिरहेका बेला अपहरित अढाइ वर्षे बालकलाई आफन्तजनले भारतबाट उद्वार गरेका छन्। बालक प्रियान्सु यादवलाई आफन्तजनले बिहीबार भारत बिहारको खाजेडिहबाट उद्वार गरी घर ल्याएका छन्।

यसरी गरियो ४० फिट गहिरो इनारमा फसेका व्यक्तिको उद्धार

भक्तपुर नगरपालिका वडा नं ३ कोलाछेंमा इनारमा फसेका एकजना व्यक्तिलाई उद्धार गरिएको छ। जुद्ध वारुण यन्त्रको कार्यालय दूधपाटी भक्तपुरका निमित्त कार्यालय प्रमुख बिजयप्रसाद धौभडेलको नेतृत्वमा पुगेको टोलीले करिब ४० फिट गहिरो इनारबाट जिवितै उद्धार गर्न सफल भएको हो।

गर्भवतीको उद्वार

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले धनगढी उपमहानगरपालिका –५ की एक गर्भवतीको आज उद्धार गरिएको छ । धनगढीको तारानगर बस्ने वर्ष ३१ की गर्भवती रिता पन्तको अवस्था जटिल भएपछि सेनाको स्काई ट्रकमार्फत उद्वार गरी काठमाडौँ पठाइएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिए ।

उद्वारका लागि गएको बोट दुर्घटना

मेलम्ची खानेपानीको अस्थायी बाँध भत्केर बगाउँदा बेपत्ता भएका चालकको उद्वारका लागि गएको सशस्त्र प्रहरी टोली सवार र्‍याफ्टिङ बोट मेलम्ची नगरपालिका–११ इन्द्रावती नदीमा दुर्घटना हुँदा सात जना बेपत्ता भएकामा तीन जनाको उद्वार गरिएको छ ।

प्रदेश २ मा बाढी पीडितलाई उद्वार, व्यवस्थापन र राहतका लागि मन्त्रीस्तरीय समिति

प्रदेश २ सरकारले बाढीपहिरो पीडितको उद्वार, क्षतिपुर्ती तथा राहतको व्यवस्थापनका लागि मन्त्रीस्तरीय समिति गठन गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद बैठकले जोखिम न्यूनीकरण, भौतिक संरचना संरक्षण, कटान नियन्त्रणका लागि विपद अनुगमन व्यवस्थापन समिति गठन भएको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।

बाढीपहिरो पीडितको उद्वार गर्न आग्रह

पूर्वसांसद मञ्च, नेपालले बाढी, पहिरो, डुबानबाट पीडितलाई तत्काल राहत सामग्री उपलब्ध गराउन र घाइतेको यथाशीघ्र उपचार गर्न सरकारसँग माग गरेको छ ।

बाढी पूर्व तयारी : उद्वारदेखि प्राथामिक उपचारसम्म अभ्यस्त सुरक्षाकर्मी

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना र रेडक्रसका कर्मचारी उद्वार सामग्रीसहित शुक्रबार दिउँसो बबई नदीको भादा घाटमा पुग्छन् ।

नेपाली सेनाको सहयोगमा हेलिप्याड

प्रदेश न. ५ सरकार आन्तरीक मामिला तथा कानुन मन्त्रालयको सबै पालिकामा हेलिप्याड बनाउने योजना अनुसार रोल्पाका ५ स्थानीय तहहरुमा हेलिप्याड निर्माण गरिएको छ ।

बाढीमा उद्वार गर्न गाउँपालिका अध्यक्ष आफै पुगेपछि...

कोरोना भाइरसको कहर चलिरहेकै बेला राप्ती नदीमा पानीको सतह बढिरहेको थियो । शनिबार बेलुकी ७ बजेतिर कुसुमस्थित बाढी मापन केन्द्रमा गरिएको मापन अनुसार नदीको सतह ५ मिटर ९० सेन्टिमिटर पुगिसकेको थियो ।

बाणगंगा नदीमा फेसका दम्पतीको ४ घन्टापछि सुरक्षाकर्मीद्वारा सकुसल उद्वार

दाउरा संकलन नदीमा गएका दम्पतीलाई कपिलवस्तुको बाणगंगा नदीबाट सुरक्षाकर्मीले ज्यानको बाजी थापरे उद्वार गरेका छन् । बाणगंगा नदीको पुल नजिकै रहेका नदीमा दाउरा संकलन गर्न गएका बाणगंगा नगरपालिका ८ बोर्डगाँबम बस्ने वर्ष ४८ का कृतन थारु र निजकी श्रीमती वर्ष ४० कि सोफिया थारुलाई नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले ४ घन्टाको अथक प्रयासपछि उद्वार गरेका हुन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्