नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा चितवन राइनोजका बलर रिजन ढकाल सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट बलर घोषित भएका छन्।
सर्वोत्कृष्ट खेलाडी बनेबापत ओमोडाको कार प्राप्त गरेका रिजनले उत्कृष्ट बलरसमेत बन्दै पल्सर बाइक हात पारेका हुन्।
चितवनलाई प्लेअफ हुँदै दोस्रो क्वालिफायरसम्म पुर्याउने क्रममा उत्कृष्ट बलिङ गरेका रिजन ८ खेलबाट १७ विकेट लिँदै सिजनकै सर्वाधिक विकेटकर्ता बने। बलिङतर्फ स्कट कुग्गेलिनले १० खेलबाट १४ विकेट लिएका थिए।
यस्तै, विराटनगर किङ्सका लोकेश बम प्रतियोगिताको उत्कृष्ट ब्याटर घोषित हुँदै पल्सर बाइक प्राप्त गर्न सफल भए।
प्लेअफमा पुग्न नसकेको विराटनगरका लागि लोकेशले ७ खेलमा २४२ रन जोड्दै सर्वाधिक रनकर्ताको सूचीमा दोस्रो स्थान ओगटेका थिए।
प्लेअफमै पुग्न नसकेको पोखरा एभेन्जर्सका ब्याटर युवराज सामरा भने ४ खेलमा २९४ रन बनाएर सिजनकै सर्वाधिक रनकर्ता बने।
प्रकाशित: ५ मंसिर २०८३ २१:१० शनिबार

