१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

इलाममा किरियापुत्रीले गरे मतदान

प्रतिनिधिसभा तथा प्रदेशसभाको जारी निर्वाचनमा इलाममा किरियापुत्रीले पनि मतदान गरेका छन्। सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकामा किरियापुत्रीले मतदान गरेका हुन्।

सन्दकपुर–३ को युवा आधारभूत विद्यालयबाट जनार्दन उप्रेती, बालकृष्ण उपे्रतीलगायत १० किरियापुत्रीले मतदान गरेको स्थानीय सञ्चारकर्मी विष्णु गड्तौलाले जानकारी दिए। उनीहरूका बुबा देउताराम उप्रेतीको ३ दिनअघि मृत्यु भएको थियो।

इलाम नगरपालिका–५, बरबोटेका किरियापुत्री तुलसी बराल र उनकी पत्नी ताराले स्थानीय गुरुकुल विद्यालय केन्द्रबाट मतदान गरेका छन्। तुलसीका बुबा गायत्री बरालको ४ दिनअघि मृत्यु भएको थियो।

इलामको सन्दकपुर गाउँपालिका ३ का उप्रेती र इलाम नपा ५ का बराल किरियापुत्री।

प्रकाशित: ४ मंसिर २०७९ १०:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App