८ वैशाख २०८१ शनिबार
समाज

किरियापुत्रीलाई ल्याइयो सिमानाबाट  घरमा

अर्घाखाँची - भारतीय क्वारेन्टाइनमा बसेका  पाणिनी गाउँपालिकाका एक  किरियापुत्रीलाई घरमा ल्याइएको छ।  पाणिनि–४ पटौटी, निगालीका धनीश्वर विक लकडाउनका कारण  २३ दिनदेखि भारतको नौतनवा क्वारेन्टाइनमा बस्दै आएका थिए।  क्वारेन्टाइनको बसाइकै क्रममा घरमा बिरामी बुवाको यही वैशाख ८ गते निधन भएपछि उहाँलाई काजकर्मका लागि घरमा ल्याइएको हो।

स्थानीयवासी उदयबहादुरका एक्ला छोरा धनीश्वर बुवाको निधनमा पनि किरिया बस्न आउन नसकेपछि गाउँपालिकाले सङ्घीय सरकार र भारत उत्तर प्रदेश सरकारसंँग समन्वय गरी धनीश्वर र उनका छोरालाई लिएर आएको  गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले बताए। रासस

प्रकाशित: १२ वैशाख २०७७ ०७:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App