२४ असार २०८१ सोमबार
image/svg+xml

क्वारेन्टिनमै किरिया शुरु

दोगडाकेदार गाउँपालिका–७ चडेपानीका लीलाधर भट्ट आफ्ना बुबाको किरिया गर्न क्वारेन्टिनमा नै बसेका छन्। भारतको दिल्लीमा काम गर्दै आएका उनी चार दिनदेखि भूमिराज मावि चडेपानीको क्वारेन्टिनमा बसिरहेका छन्। उनका बुबा चिन्तामणि भट्टको ६ दिनअघि निधन भएपछि उनले क्वारेन्टिनमै किरिया शुरु गरेका हुँन् । केही दिनअघि कञ्चनपुरको गड्डाचौकीबाट उद्धार गरी उनी दोगडाकेदार पुगेका थिए।

आइसोलेसन बेड तयार नहुँदा संक्रमित क्वारेन्टिनमै

बिहिवार थपिएका ११ जनासहित गोरखामा कोरोना संक्रमितको संख्या ३५ पुगेको छ । पालुङटार नगरपालिकाका एक महिलासहित ७ जना र शहिद लखन गाउँपालिकाका चार जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

क्वारेन्टिनमा क्षमताभन्दा तेब्बर व्यक्ति, न शौचालय, न बाथरुम

महोत्तरीको सम्सी गाउँपालिका–२ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा करिब सय जना क्षमता भएको क्वारेन्टिनमा अढाइ सय व्यक्तिलाई राखिएको छ । १२ वटा कोठामा भुइमै ओछयाइएको त्रिपालमा उनीहरू कोच्चिएर बसिरहेका छन् । भारतबाट आएकाहरूमा कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेको हुँदा दुरी कायम गरेर बस्न सरकारले आदेश दिएको विषयमा क्वारेन्टिनका हरेक व्यक्ति ज्ञात छन् ।

महिला क्वारेन्टिनमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीपनि महिला

पोखरामा महिला क्वारेन्टिन स्थापना गरिएको छ । विदेशबाट फर्किएका महिलालाई मात्रै राख्नेगरि पोखरा–३ नदीपुरस्थित पद्म नर्सिङ हस्पिटलमा महिला क्वारेन्टिन स्थापना गरिएको हो । बुद्ध हस्पिटलका नाममा स्थापना गरिएको हस्पिटललाई गत वर्ष मात्रै पद्म नर्सिङ हस्पिटलले खरिद गरेर आफ्नै नाममा हस्पिटल सञ्चालन गर्ने तयारी गरिरहेका बेला क्वारेन्टिन बनाइएको हो ।

सिन्धुपाल्चोकमा भेटिए छैटौँ संक्रमित

सिन्धुपाल्चोकमा थप एक जना कोरोना संक्रमित भेटिएका छन्। भारतबाट फर्केर मेलचौरस्थित क्षेत्रीय क्वारेन्टिनमा बसेका चौतारा साँगाचोकगढी नगरपालिका–१४ का २४ वर्षीय युवामा संक्रमण पाइएको हो।

दश दिनसम्म पनि रिपोर्ट नआउँदा तनावमा थिए आत्महत्या गरेका पुरुष

अर्घाखाँचीको शितगंगा ५ का देवबहादुर कोरोनाबाट बच्न हजारौ माइलको कष्टदाइ यात्रा पार गरेर जेठ १० गते स्वदेश फर्कीएका थिए । भारतको पन्जाबबाट फर्केका उनी आएकै दिनदेखि शितगंगा ५ को हरि माध्यामिक विद्यालयको क्वारेन्टिनमा बसेका हुन । क्वारेन्टिनमा बसेको १४ दिनमा गरीएको आरडिटी टेष्टमा रिपोर्ट पोजेटिभ आयो ।

धादिङमा कोरोना संक्रमित र भारतबाट आउनेहरू बढे

धादिङमा क्वारेन्टिन र आइसोलेसन कक्षको व्यवस्थापनमा समस्या भएको छ । कोभिड–१९ संक्रमित र भारतबाट आउनेहरु ह्वात्तै बढेकाले क्वारेन्टिन र आइसोलेसन कक्षको व्यवस्थापनमा समस्या भएको हाे ।

कोरोना उपचार कोषबाट २३ करोड खर्च गर्ने निर्णय

विदेशबाट आएका नागरिकहरूबाट कोरोना संक्रमण फैलिन नदिनका लागि बनाइएको क्वारेन्टीनमा विभिन्न खालका समस्या देखिएपछि अव मापदण्ड नपुगेका क्वारेन्टीनहरूको मर्मत तथा सुधार गरिने भएको छ ।

गोरखा अस्पतालको आइसोलेसन भरियो, नयाँ निर्माणमा ढिलाई

पिसिआर जाँच गर्दा कोरोना पोजेटिभ देखिएका थप १० जनाको मंगलबार रिपोर्ट आएसँगै गोरखा अस्पतालको आइसोलेसन भरिएको छ । २५ बेड क्षमताको आइसोलेसन रहेको अस्पतालमा मंगलबार रिपोर्ट पोजेटिभ आएका गोरखा नगरपालिका भित्र क्वारेन्टिनमा बस्दै आएका सात जना, बारपाक सुलिकोट गाउँपालिकाका दुई र गण्डकी गाउँपालिकाका एक जना गरी १० जना थपिएका छन् ।

क्वारेन्टिनमा असुरक्षित महिला

कैलालीको लम्की चुहा नगरपालिकाका वडा नं. १ शहिद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेकी ३१ वर्षीया महिलामाथि भएको घटना ‘सामुहिक बलात्कार’ को विरोधमा सडकदेखि सदन सम्म अवाज उठेको छ। सरकारको व्यवस्थापन र निगरानीमा रहेको क्वारेन्टिनमा महिलामाथि भएको यो घटनाले गम्भीर प्रश्न उठेको छ। असुरक्षित क्वारेन्टिनमा महिलालाई किन राखियो ?

कुवेतबाट आएकी एक युवतीमा कोरोना पोजेटिभ

पाँचथरमा एक जनामा कोरोना पोजेटिभ देखिएको छ । हालै कुवेतबाट आएकी एक जना २५ वर्षिया युवतीमा कोरोना पोजेटिभ देखिएको हो । पाँचथर बहुमुखि क्याम्पसको क्वारेन्टिनमा राखिएकी फिदिमकी युवतीमा कोरोना पोजेटिभ देखिएको हो ।

भारतमा प्रेम, क्वारेन्टिनमै बिहे

दाङको एक जोडीले क्वारेन्टिनमै विवाह गरेको छ । घोराही १८ का ओली थरका युवा र तुलसीपुर ५ कि चौधरी थरकी युवतीले घोराही १८ स्थित क्वारेन्टिनमै विवाह गरेका हुन् । उनीहरु केहि दिन अघि भारतको नयाँ दिल्लीबाट आएका थिए । उनीहरु विच भारतमै प्रेम बसेको र परिवारको सल्लाह अनुसार विवाह भएको वडा अध्यक्ष भरत अर्यालले जानकारी दिए ।

क्वारेन्टिनमा भएको बलात्कारबारे छानबिन हुने

कैलालीको लम्कीचुहा नगरपालिका–१ स्थित सहिद स्मारक माविको क्वारेन्टिनमा बसेकी महिलामाथि भएको सामूहिक बलात्कारबारे छानबिन गर्न राष्ट्रिय मानवअधिकार आयोगको एक टोली घटनास्थलतर्फ लागेको छ।

सुर्खेतमा क्वारेन्टिनमा बसेका एकको मृत्यु

सुर्खेतस्थित गुर्भाकोट–८,सिर्जना प्राविको क्वारेन्टिनमा बसेका एक पुरुषको मृत्यु भएको छ । गुर्भाकोट–७, का ५० वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्