३ श्रावण २०८१ बिहीबार
image/svg+xml

मानव अधिकार आयोगले भन्योः क्वारेन्टिनमै सामूहिक बलात्कार गर्नेलाई नछाड

विज्ञप्तिमा भनिएको छ, ‘क्वारेन्टिनमा यसप्रकारका घटना नदोहोरिने सुनिश्चितता गर्न, बलात्कृत भएको भनिएकी महिलाको शीघ्र स्वास्थ्य परीक्षण तथा पिसिआर परीक्षण गरी मनोसामाजिक विमर्श प्रदान गर्न, परिवारमा पुनःएकीकरण गर्न तथा उचित राहत तथा क्षतिपूर्ति प्रदान गर्नसमेत आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँछ ।’

क्वारेन्टिन : कतै बिजोग कतै रहरलाग्दो

घोडाघोडी नगरपालिका–३ मा रहेको सरस्वती आधारभूत विद्यालयमा सञ्चालित क्वारेन्टिनको अवस्था दयनीय छ । एउटै कोठामा १५ जनासम्म बसेका छन् । क्वारेन्टिन स्थलमा शौचालय नहुँदा राति बाहिर गएर शौचालय गर्नुपर्ने बाध्यता छ । शुद्ध पिउने पानीको अभाव, विद्युत्, गर्मीजस्ता समस्या क्वारेन्टिनमा छन् ।

क्वारेन्टिनमा दिनहुँ तनाव

दैलेखका विभिन्न क्वारेन्टिनमा रहेका कोरोना संक्रमितले थप नगरेको र भएकाहरुको पिसिआर रिपोर्ट आउन ढिलाई भएको भन्दै दैनिक गर्ने आन्दोलनले तनावपूर्ण स्थिति हुने गरेको छ। उनीहरुको चेक जाँच नियमित हुनुपर्ने, थप परीक्षणका लागि पठाइएको पिसिआर रिपोर्ट आउन ढिलाई भएको र क्वारेन्टिन ब्यवस्थापन राम्रो नभएको लगायतका माग राख्दै उनीहरु आन्दोलत हुने गरेका छन्।

भरियो क्वारेन्टिनको शौचालय

हुम्ला सदरमुकाम सिमकोटस्थित सिमकोट गाउँपालिकाले कुनै वास्ता नगर्दा हवाई र स्थलमार्गबाट जिल्ला भित्रिएका सिमकोट गाउँपालिका वडा १ देखि ८ सम्मका क्वारेन्टिनमा बसेका नागरिकलाई समस्या भएको छ।

रेडजोनका आइसोलेसन रित्तिँदै, आधाभन्दा बढी संक्रमित डिस्चार्ज

संक्रमितहरूमा लक्षण नदेखिए बिनापरीक्षण घर फर्काउने निर्देशिका जारी भएपछि कपिलवस्तुका आइसोलेसन र क्वारेन्टिन रित्तिँदै गएका छन् । गत जेठ २४ गते सरकारले लक्ष्ण नदेखिएका बिरामीलाई १४ दिन आइसोलेसनमा राखी बिनापरीक्षण घर फर्काउने गरी निर्देशिका जारी गरेको थियो । त्यसयता जिल्लाका पालिकाहरूमा रहेका संक्रमितलाई धमाधम त्यही निर्देशिकाअनुसार छाडिएको छ ।

क्वारेन्टिनमा बसेकी महिलालाई सामुहिक बलात्कार

कैलालीको लम्की चुहा नगरपालिकाका वडा नम्वर १ शहिद स्मृती माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेकी एक महिलालाई तीन जनाले बलात्कार गरेको आरोप लागेको छ । शनिबार राती स्वयंम सेवक वसेका तीन जनाले बलात्कार गरेको पिडितले प्रहरीलाई बताएको छ ।

होटलमा क्वारेन्टिन बस्दा टोलबासीको अवरोध

जेठ १५ मा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा पहिलोपटक एकजना कोरोना संक्रमित महिलालाई भर्ना गरियो। स्याङजाबाट ल्याइएकी ती महिलालाई आइसोलेसनमा राखेपछि त्यहाँ खटिएका स्वास्थ्यकर्मीलाई भने होटलमा पठाउन थालियो।

क्वारेन्टिन व्यवस्थापन गर्न सामग्री प्रदान

जिल्लाको पहाडी बौँदीकाली र बुलिङटार गाउँपालिकालाई क्वारेन्टिन व्यवस्थापनका लागि दुई लाख सात हजारबराबरको सामग्री प्रदान गरेका छन्।

रौतहटमा क्वारेन्टिनबासी र प्रहरीबीच झडप

क्वारेन्टिनमा रहेकोहरुको स्वाब परीक्षणको नतिजा दुई हप्ता भन्दा बढी समयसम्म नआउँदा क्वारेन्टिनबासीहरु आजित भएर सडक नै जाम गरेर प्रदर्शन गरेका छन् ।

दाङको क्वारेन्टिनमा प्यूठानका युवाको मृत्यु

दाङको क्वारेन्टिनमा बसेका प्यूठानका एकजनाको मृत्यु भएको छ । उनी प्यूठानको माण्डवी गाउँपालिका वडा नम्बर वडा नम्बर ४ आँपचौरका १८ वर्षीय युवा हुन् । १२ जेठमा भारतबाट आएर दाङको बंगलाचुली गाउँपालिका–६ स्थित क्वारेन्टिनमा बसेका उनी तीन दिन देखि अस्वस्थ थिए । उनलाई स्वास प्रश्वासमा समस्या हुने, नाकबाट सिंगान बग्ने र बान्ता गर्दा रगत आउने समस्या देखिएको थियो ।

क्वारेन्टिनबाट घर फर्केका भन्छन् : ‘कोरोना काल जितेर फर्कियौ’

जुम्लाका खड्क बहादुर खत्री भारतको गोहा हुँदै जुम्ला पुगे । उनी कामको शिलशिलामा भारतको गोहा गएका थिए । धन कमाउला, घरपरिवारको लुगो फाटो फेरौँ, छोराछोरी पढाउला भनेर गोहा पुगेका उनी कोरोना भाइरसका कारण निकै दुःख पाए । उनले भने,‘जहाँ रहेपनि कोरोनाको काल टाउको वरिपरि घुमिरहे जस्तो लाग्थ्यो ।

क्वारेन्टिनमै जन्मियो शिशु

प्युठानको एक क्वारेन्टिनमा बस्दै आएकी गर्भवतीले शिशुलाई जन्म दिएकी छन् । नौवहिनी गाउँपालिका – ७ स्थित नेरा आधारभूत विद्यालयको क्वारेन्टिनमा बस्दै आएकी १८ वर्षीया सरस्वती पुनले गए राति शिशुलाई जन्म दिएकी हुन् ।

क्वारेन्टिनबाट ४४ जना भागे, फर्काउन रातभरी प्रहरी परिचालन

पर्साको धोबिनी गाउँपालिकाको क्वारेन्टिनबाट बिहीवार राती एकैपटक ४४जना निस्किए । पाँचदिन अगाडी पिसिआर परीक्षणका लागि गरिएको स्वाब सङ्कलनको रिपोर्ट नआएको भन्दै क्वारेन्टिनमा बसेकाहरू भागेका थिए । क्वारेन्टिनमा बसेको २० दिन बिति सक्दा पनि उनीहरुलाई घर जान नदिइएको भनि आक्रोश जनाउदै ती ब्यक्तिहरु क्वारेन्टिनबाट निस्किएको स्थानीय लालबाबु बानियाले बताए ।

क्वारेन्टिनमा शून्य सुरक्षा, सहजै भाग्छन् क्वारेन्टिन बसेकाहरू

तीन दिन अघि तुलसीपुर उपमहानगरपालिका ८ स्थित क्वारेन्टिनबाट एक महिला भागिन् । स्थायी घर सल्यान भई हाल तुलसीपुरमा डेरा गरि बस्दै आएकी ति महिला र उनका श्रीमान केही दिन अघि भारतबाट आएका थिए । उनीहरू दुबैजना क्वारेन्टिनमा बस्दै आएका थिए । मध्यरातमा क्वारेन्टिनबाट भागेकी महिलाका श्रीमानले समेत उनी भागेको थाहा पाउन सकेनन्।

कुबेतबाट फर्केका सिन्धुका २३ महिलालाई क्वारेन्टिनमा राखियो

कुबेतबाट बिहीबार स्वदेश फर्केका सिन्धुपाल्चोकका २२ सहित २३ महिलालाई जिल्लामा ल्याएर विभिन्न चार क्वारेन्टिनमा राखिएको छ । सम्वन्धित स्थानीय तहको अगुवाइमा राजधानीबाट जिल्लामा ल्याइएका उनीहरुलाई दुई साता क्वारेन्टिनमै राखिने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्