१३ भाद्र २०८१ बिहीबार
image/svg+xml
समाज

क्वारेन्टिनमा बसेकी महिलालाई सामुहिक बलात्कार

कैलालीको लम्की चुहा नगरपालिकाका वडा नम्वर १ शहिद स्मृती माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेकी एक महिलालाई तीन जनाले बलात्कार गरेको आरोप लागेको छ । शनिबार राती स्वयंम सेवक वसेका तीन जनाले बलात्कार गरेको पिडितले प्रहरीलाई बताएको छ ।

प्रहरीले बलात्कार गरेको आरोपमा ३ जना पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तम सुवेदीले पिडित महिलाले बलात्कार गरेको भनेर उजृुरी दिएको बताएका छन ।‘पिडित महिलाले बलत्कार गरेको भनेर उजुृरी दिएको छ, हामीले अनुसन्धान गरिरहेका छौंं’उनले भने । पिडित महिलाको उजुरीका आधारमा बलत्कारको आरोप लागेका ३ जना पक्राउ गरेको उनले बताए ।

पक्राउ पर्नेमा २२ वर्षीय किशोर परियार, २० वर्षीय लक्ष्मण बिक र १८ वर्षीय सर्जन बिक छन ।

कोरोनाको महामारीको कारण सबै जना लकडाउन भएका वेला क्वारेन्टिनमा वसेकी महिलालाई सामुहिक बलात्कार हुनुले जिल्लाको सुरक्षा जिम्मेवारी लिनेको लापरवाही भनेर स्थानियले आलोचना गरेका छन । कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनुप शमसेर जवराले भने क्वारेन्टिनमा सामुहिक बलात्कार भएको बारेमा आफूलाई पुरै जानकारी आइनसकेकोले भन्न नसकिने भनेर नागरिक दैनिकलाई जवाफ दिएका छन् ।

प्रकाशित: ३२ जेष्ठ २०७७ १७:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App