१३ भाद्र २०८१ बिहीबार
image/svg+xml
समाज

मानव अधिकार आयोगले भन्योः क्वारेन्टिनमै सामूहिक बलात्कार गर्नेलाई नछाड

मानव अधिकार आयोग

राष्ट्रिय मानव अधिकार आयोगले कैलाली लम्कीचुहा नगरपालिका–१ स्थित सहिद स्मारक माध्यामिक विद्यालयको क्वारेन्टिनमा बसेकी महिलालाई सामूहिक बलात्कार गर्नेलाई कारबाही गर्न माग गरेको छ।  

आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले सोमबार प्रेस विज्ञप्ति जारी गरी घटनामा संलग्न दोषीलाई तत्काल कानुनी दायरामा ल्याई पीडितलाई क्षतिपूर्ति व्यवस्था गर्न माग गरेका हुन्।  

विज्ञप्तिमा भनिएको छ, ‘क्वारेन्टिनमा यसप्रकारका घटना नदोहोरिने सुनिश्चितता गर्न, बलात्कृत भएको भनिएकी महिलाको शीघ्र स्वास्थ्य परीक्षण तथा पिसिआर परीक्षण गरी मनोसामाजिक विमर्श प्रदान गर्न, परिवारमा पुनःएकीकरण गर्न तथा उचित राहत तथा क्षतिपूर्ति प्रदान गर्नसमेत आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँछ ।’

आयोगले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी निर्देशिकाको पूर्ण कार्यान्वयन गर्न आयोग सरकारको पुनःध्यानाकर्षण गराएको छ। आयोगले नेपाल प्रहरीलाई पत्र पठाई घटनाका सम्बन्धमा विस्तृत जानकारी पठाउन माग पनि गरेको छ ।  

यो पनि पढ्नुहोस्

बलात्कार अनुसन्धान निर्देशिका जारी गर्न आदेश

आयोगको धनगढीस्थित प्रदेश कार्यालयको टोली अनुगमनका लागि घटनास्थलतर्फ प्रस्थान गरेको छ । कोभिड–१९ को महामारीबाट बच्न आफ्नो थातथलो सम्झेर भारतबाट आई गत जेठ २० गतेदेखि क्वारेन्टिनमा बसेकी उनलाई गत शनिबार राति बलात्कार भएको भनी आयोगमा जानकारी प्राप्त भएको छ ।  

आयोगले यसअघि विश्व स्वास्थ्य संगठनको क्वारेन्टिन व्यवस्थापन तथा सञ्चालनसम्बन्धी मापदण्ड लागू गर्न पटकपटक सरकारको ध्यानाकर्षण गराएकामा सुधार नहुनु र राज्यका निकायबाटै सञ्चालित क्वारेन्टिनभित्रै यस्तो जघन्य अपराधको घटना हुनु अत्यन्त दुःखद् भएको उल्लेख गरेको छ।  

प्रकाशित: १ असार २०७७ १२:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App