१३ भाद्र २०८१ बिहीबार
image/svg+xml
समाज

क्वारेन्टिनबाट ४४ जना भागे, फर्काउन रातभरी प्रहरी परिचालन

पर्साको धोबिनी गाउँपालिकाको क्वारेन्टिनबाट बिहीवार राती एकैपटक  ४४जना निस्किए । पाँचदिन अगाडी पिसिआर परीक्षणका लागि गरिएको स्वाब सङ्कलनको रिपोर्ट नआएको भन्दै क्वारेन्टिनमा बसेकाहरू भागेका थिए । क्वारेन्टिनमा बसेको २० दिन बिति सक्दा पनि उनीहरुलाई घर जान नदिइएको भनि आक्रोश जनाउदै ती ब्यक्तिहरु क्वारेन्टिनबाट निस्किएको स्थानीय लालबाबु बानियाले बताए ।  

रातभरी प्रहरी परिचालन गरी उनीहरुलाई शुक्रबार अपह्रान्न सम्म क्वारेन्टिनमा फिर्ता ल्याइ सकिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षकचन्द्र सिंहले बताए । धोबिनी गांउपालिका –४ लगंडीमा रहेको कालीप्रसाद लाखे माध्यमिक विद्यालयमा बनाइएको क्यारेन्टिनमा बसेका ४४ जना एकसाथ बिहीवार राती निस्केर हिडेका थिए । क्वारेन्टिनमा बसेकाहरू निस्किएपछि तिनीहरूलाई फर्काउन प्रहरीलाई हम्मे परेको थियो ।

गतशनिबार स्याबको नमुना संकलन गरेर लगिए पनि रिपोर्ट नआउदा क्वारेन्टिनमा बसेकाहरु रिसाएका थिए । ‘पाँच दिनसम्म रिपोर्ट आएन भनेर उनीहरु रिसाउनु भएको थियो, बसाई पनिलामो भयो भनेर गुनासो छ क्वारेन्टिनमा बसेकाहरुको, हामीले रोक्ने प्रयास गर्दा पनि उहाँहरु निस्केर जानु भएको थियो,’ उक्त क्वारेन्टिन सेन्टरका स्वास्थ्य इन्चार्ज संजय यादवले भने, ‘जे होस प्रहरीले उहाँहरुलाई खोजतलास गरी फेरी फिर्ता ल्याएको छ, परिक्षणको रिपोर्ट नआएसम्म फिर्ता पठाउनु जोखिम पुर्ण छ, सकैकोमा कोरोना पोजेटिभ रहेछ भने समुदायमा समस्या बढ्ने खतारा हु्न्छ ।’

रिपोर्ट आएपछि नेगेटिभ देखिने सबैलाई घर पठाइने उनले जनाए । उक्त क्वारेन्टिनमा भारतको दिल्ली, हरियाणा, पञ्जाब, केरल लगायतको ठाउँबाट आएकाहरू रहेका छन् । अधिकांश जेठ ११ मा क्वारेन्टिनमा  राखिएका हुन । दुई हप्ता भित्र क्वारेन्टिनबाट निस्किने आशा गरेकाहरुको ३ हप्ता बसाई लम्बिदा आतिएको स्थानीयले बताए । यति लामो समय क्वारेन्टिनमा बस्दा पनि परीक्षणको रिपोर्ट नआएपछि आफूहरू निस्किन बाध्य भएको ती  ब्यक्तिहरुले प्रतिक्रिया दिएका छन् । यति टाँढाबाट जीवनमा नपाएको दुःख यस पटक खपेर आएपछि घर परिवार र बाल बच्चालाई भेंट्न नपाएको भनी उनीहरुमा आक्रोश छ ।

 अहिले मधेस तराईको मुख्य बालीधानको खेतीको समय भएकोले पनि क्वारेन्टिनमा  बसेकालाई घर पुग्न हतार छ । क्वारेन्टिनमा बसेकाहरू राति निस्किएर घरघरमा पुगेपछि स्थानीय बासिन्दाहरू डराएका पनि थिए । इलाका प्रहरी कार्यालय पोखियाको कमाण्डमा खटेको प्रहरी टोलीले उनीहरूको घरघरबाटै फिर्ता ल्याएको थियो । अहिले पुनः सबै जना क्वारेन्टिनमा  फर्केपछि आफहरुले राहतको साँस फेरेको प्रहरी निरिक्षक सिंहले बताए ।  

प्रकाशित: ३० जेष्ठ २०७७ ११:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App