२९ भाद्र २०८१ शनिबार
image/svg+xml
राजनीति

विश्वविद्यालयमा सरकारको हस्तक्षेप छैनः शिक्षामन्त्री भट्टराई

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा सरकारको कुनै हस्तक्षेप नरहेको प्रष्टिकरण दिएकी छन् ।  

पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधि सभाको बुधबारको बैठकमा विश्वविद्यालयमा प्रधानमन्त्रीले हस्तक्षेप गरेको आरोप लगाएपछि विहीबारको बैठकमा मन्त्री भट्टराईले उक्त जवाफ दिएकी हुन् ।  

विश्वविद्यालयमा प्रधानमन्त्रीको कुनै प्रकारको हस्तक्षेप नभएको दाबी गर्दै मन्त्री भट्टराईले भनिन्, ‘प्रधानमन्त्रीबाट कुलपतिको हैसियतले निर्देशन दिनेबाहेक विश्वविद्यालयमा कुनै पनि हस्तक्षेप गर्नुभएको छैन । मैले पनि प्रधानमन्त्रीलाई हस्तक्षेपका लागि गुहारेको छैन ।’

माओवादी अध्यक्ष दाहालले विश्वविद्यालयमा योग्यता प्रणालीको सुरुवात भएको तर, प्रधानमन्त्रीबाट हस्तक्षेप भएको र शिक्षामन्त्रीबाट राजनीतिक हस्तक्षेपका लागि गुहारेको देखिएको बताएका थिए ।

प्रकाशित: १३ भाद्र २०८१ १५:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App