१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

पत्नीसँग छुट्टिन सिके राउतले हाले सम्बन्ध विच्छेदकाे मुद्दा

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सिके) ले पत्नीसँग सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन्।

पत्नी सोनी सिन्धु रानीसँग सम्बन्ध विच्छेदका लागि राउतले आफै भदौ १२ गते जिल्ला अदालत पाटनमा मुद्दा दायर गरेको अदालत प्रशासनले जनाएको छ।

ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोलमा बसिरहेका राउत आफूहरूको सम्बन्ध राम्रो नभएका कारण सम्बन्ध विच्छेद गरिपाऊँ भन्दै अदालत पुगेका हुन्।

रानी भारतीय नागरिक रहेको बुझिएको छ। राउतका दुई छोरी र एक छोरा रहेको बताइएको छ। निवेदनमा छोराछोरी आफूसँगै राख्न पाउन पनि राउतले माग गरेका छन्।

प्रकाशित: २७ भाद्र २०८१ १३:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App