२ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

मलाइकाका बुबा अनिलले सात तलाबाट हाम फाले

बलिउड अभिनेत्री मलाइका अरोराका बुवा अनिल अरोराले सातौं तलाबाट हाम फालेर आत्महत्या गरेका छन्।

बुधबार मुम्बईको बान्द्रास्थित आयशा मनोर भवनको सातौं तलाबाट हाम फालेर आत्महत्या गरेको भारतीय सञ्चार माध्यमहरुले बताएका छन्।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार शवलाई अहिले पोस्टमार्टमका लागि पठाइएको छ। उनले आत्महत्याको कारण भने खुलेको छैन।

घटनामा प्रहरीले मलाइकाकी आमा जोइस पोलिकर्पको बयान लिएको छ। जोइसले प्रहरीलाई दिएको बयान अनुसार अनिल हरेक दिन बाल्कोनीमा बसेर अखबार पढ्ने गर्थे।

बुधबार बिहान जोइसले अनिलको चप्पल बैठक कोठामा देखेपछि उनलाई भेट्न बाल्कोनीमा गएकी थिइन्। तर बाल्कोनीमा उनी थिएनन्। तल गएर हेर्दा चौकीदार सहयोगका लागि कराइरहेका थिए भने अनिल भुईंमा लडिरहेका थिए।

जोइससँग अनिलको धेरै वर्षअघि सम्बन्ध विच्छेद भए पनि केही समयदेखि उनीहरु आयशा मनोरको सातौं तल्लामा सँगै बस्दै आएका थिए। 

प्रकाशित: २६ भाद्र २०८१ १७:३२ बुधबार

#Actress Malaika arora