२ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

ओलीको आरोप: ‘माधव नेपालले पुष्पलाल प्रतिष्ठानलाई निजी सम्पत्ति झैं कब्जा गरे’

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल प्रति लक्षित गर्दै पुष्पलाल प्रतिष्ठानलाई निजी सम्पत्ति झैँ कब्जा गरेको आरोप लगाएका छन्।

बुधबार सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवसको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

पुष्पलालले कहिल्यै पार्टी नछोडेको तर माधव नेपालले पार्टी छोडेपछि पनि पुष्पलाल प्रतिष्ठानलाई आफ्नो व्यक्तिगत सम्पत्तिजस्तो बनाएर कब्जा गरेको टिप्पणी गरे। उनले पुष्पलाल प्रतिष्ठानको सही संरक्षण र व्यवस्थापन एमालेले गर्नुपर्नेमा जोड दिए।

"पुष्पलाल प्रतिष्ठान पार्टीले बनाएको हो। अनि कसैले त्यसलाई कब्जा गरेर बस्ने ? खेलो फड्को गर्दै माधव नेपाल जस्ता मान्छेहरु अध्यक्ष भए। पार्टीलाई त्यो प्रतिष्ठान सरक्क छोड्नुपर्ने ठाउँमा निजी जस्तो। पुष्पलालजी कुद्नुभएको हो र पार्टीबाट ? माधव नेपाल पो कुद्नुभएको त। पुष्पलाल त कुद्नुभएको होइन नि। पुष्पलाल प्रतिष्ठान बोकेर लिएर जाने ?" उनले प्रश्न गरे।

प्रधानमन्त्री ओलीले नेताहरुको नाममा प्रतिष्ठान, विद्यालयहरु खोलेर दुरुपयोग गरिएको भन्दै यस्ता कुरालाई समयक्रममा आन्दोलन, जनता, देशको हित र पक्षमा उभ्याउनुपर्ने धारणा राखे। उनले प्रतिष्ठानहरु कसैलाई कब्जा गर्न नदिइने पनि बताए।

प्रकाशित: २६ भाद्र २०८१ १५:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App