२९ भाद्र २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

भक्तपुर क्यान्सर अस्पतालमा थपियो एकैचोटी तीन वटा अत्याधुनिक स्वास्थ्य उपकरण

भक्तपुर क्यान्सर अस्पताल दूध पाटी भक्तपुरमा एकैचोटी तीन वटा अत्याधुनिक स्वास्थ्य उपकरणहरू थपिएका छन् । अस्पतालमा काठमाडौ उपत्यकाका सरकारी अस्पतालमा भएका सिटी स्क्यान भन्दा बढी क्षमताको सिटी स्क्यान मेशिन थपेको हो ।

यस्तै भारत सरकारबाट सहयोग स्वरूप प्राप्त रेडियो थेरापी मेशिनको पनि थपिएको हो । साथसाथै नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजित बजेटबाट खरिद गरिएको मोडुलर ओटीको पनि उद्घाटन भएको छ । 

यी उपकरणहरू भए पश्चात् अप्रेसन गर्ने बिरामीहरूले पालो कुर्नुपर्ने समय घट्दै जाने विश्वास गरिएको छ।अस्पतालका निमित्त कार्यकारी निर्देशक डा उज्वल चालिसेले उपकरण थप र सेवा विस्तारसँगै बिरामीले सहजता पाउने विश्वास दिलाए । अव अस्पतालमा क्यान्सर बिरामीहरूको निदान र उपचारमा ठुलो सहयोग पुग्ने विश्वास छ, अस्पतालमा आयोजित कार्यक्रममा डा चालिसेले भने, रेडियो थेरापी, मोडुलर ओ।टी र २५६ स्लाइस क्षमताको अत्याधुनिक सिटी स्क्यान मेसिनबाट छिटै सेवा सञ्चालन हुन्छ । 

स्वास्थ्य मन्त्रालय र भारतीय राजदूतावासको सहयोगमा करिब ५० करोड बराबरको यी तीन वटा उपकरणहरू थपिएका हुन् । स्वास्थ्य मन्त्री प्रदीप पौडेल र भारतीय राजदूत श्रीवास्तवले अस्पताललाई यी उपकरणहरू हस्तान्तरण गरे । भारतीय राजदूत श्रीवास्तवले मन्त्री पौडेलसमक्ष सिटी स्क्यान हस्तान्तरण भएको थियो । मन्त्री पौडेलले अस्पतालका निमित्त कार्यकारी निर्देशक डा। प्रज्जवल चालिसेलाई ती उपकरणहरूको हस्तान्तरण गरेका थिए । 

कार्यकारी निर्देशक डा चालिसेले भारतीय राजदूतावास र नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सहयोगमा करिब १५ देखि १८ करोडसम्म पर्ने उपकरण प्राप्त भएपछि उपकरण सञ्चालनका लागि आवश्यक जनशक्ति जुटाएर निकट भविष्यमा सेवा विस्तार गर्ने तयारी स्वरूप उद्घाटन भएको कार्यक्रममा बताए । पुरानो सिटी स्क्यान भन्दा यो आधुनिक भएकाले क्यान्सर रोगको पहिचान र उपचार गर्न भक्तपुर क्यान्सर अस्पताल थप सक्षम भएको उनको भनाई थियो । उनले वार्षिक १ लाख जना उपचारका लागि अस्पताल आउने गरेको तथ्याङ्क पनि प्रस्तुत गरे ।

यसअघि वि.स. २०७५ वैशाख २८ र २९ गते भारतका   प्रधानमन्त्री नरेन्द्र मोदीबाट नेपालको राजकीय भ्रमणको अवसरमा नेपाललाई यी स्वास्थ्य उपकरणहरू अस्पताललाई उपलब्ध गराउने घोषणा गरेका थिए ।  अस्पतालमा रेडीयोथेरापी गर्ने बिरामीहरूको पालो कुर्नुपर्ने समय दुई महिनाभन्दा बढी भएको अवस्थामा भारत सरकारबाट सहयोग स्वरूप प्राप्त स्वास्थ्य उपकरणको सञ्चालनबाट रेडीयोथेरापी गर्ने अधिकतम बिरामीलाई फाइदा पुग्ने विश्वास अस्पतालको छ । 

साथै नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजित बजेटबाट खरिद गरिएको  सिटी स्क्यान मेशिनबाट बिरामीहरूको निदान र उपचारमा ठुलो सहयोग पुग्ने विश्वास अस्पतालको छ । साथसाथै नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजित बजेटबाट खरिद गरिएको मोडुलर ओटी निर्माण भए पश्चात् अप्रेसन गर्ने बिरामीहरूको पालो कुर्नुपर्ने समय घट्दै जाने विश्वास छ । तर उपभोक्ताले पनि अझै अस्पतालले राम्रो सुविधा नदिइरहेको गुनासो छ ।

 एक जना उपभोक्ता कृष्णभक्त दुवालले उपकरण ल्याएको धेरै राम्रो भएको तर त्यो सुविधा सर्वसाधारण जनताले नपाएमा त्यसको केही अर्थ नहुने टिप्पणी गरे । नागरिकसँग उनले भने, म सिटी स्क्यानको लागि साउन २४ गते बुझ्न जाँदा बिमाको लागि भाद्र १८ गते मात्र समय छुट्टाएको रहेछ । बिमाको लागि यसरी किन हेपेको होला रु के बिमाबाट पैसा आउँदैन, ढिला हुन्छ रु यसको छानबिन हुनुपर्छ । कार्यक्रममा स्वास्थ्य सचिव, जिल्लाका दुई जना सांसद, भक्तपुर नगरपालिकाका प्रमुखलगायतले अस्पतालका  विषयहरूमाथि चर्चा गरेका थिए ।

प्रकाशित: १२ भाद्र २०८१ २१:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App