२ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

नयाँघरेको उन्नाइसाैं कृति ‘आगोको बीउ’ बजारमा

निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको ‘आगोको बीउ’ निबन्धसंग्रह बजारमा आएको छ। यो उनको १९औं कृति हो। नियात्रासंग्रह ९ र निबन्धसंग्रह १० गरी उनका उन्नाइसाैं कृति प्रकाशित भएका छन्।

नेपाली समाजको उपेक्षित पाटालाई आफ्नो निबन्धको भावभूमि बनाउने नयाँघरे झर्रा, ठेट र नेपाली मौलिक चरित्र र चित्र खिच्न निकै पोख्त मानिन्नछ।

यस अघि २०६५ सालमा आत्मपरक निबन्धसंग्रह ‘एक हातको ताली’ मा उनले मदन पुरस्कार पाएका थिए। त्यसकाे झन्डै १५ वर्षपछि उनले आफ्नो आत्मपरक शैलीलाई अझ परिष्कार र परिमार्जनका साथ ‘आगोको बीउ’ प्रकाशनमा ल्याएका छन्।

आफूलाई निबन्ध र नियात्रा लेखनमा समानान्तर रूपमा उभ्याउने नयाँघरे नयाँ शैल्पिक लेखन र कथ्यकलामा विशेष छवि बनाएका लेखकका रूपमा परिचित छन्। आगोको बीउबारे उनले बताए, ‘समाजमा हरेक क्षेत्र अन्यौल, असहिष्णु र अस्तव्यस्त भएको छ। त्यसकै अन्तरमनलाई पर्गेलेर मैले यी निबन्धहरू लेखेको हुँ।’

२६ आत्मपरक निबन्ध समावेश यस संग्रहमा समालोचक कुमारी लामाले भनेकी छिन्– ‘नयाँघरे नेपाली निबन्धलाई एउटा शालीन र उचाइ दिने बलियो निबन्धकार हुन्।’

निबन्ध लेखेरै आफ्नो भिन्न पहिचान र चरित्र बनाएका नयाँघरेको यो संग्रह रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको हो। प्रकाशनले भनेको छ, ‘नयाँघरे पाठकले रुचाइएका र अधिक खोजी गरिने निबन्धकार हुन्। उनी भाषाको नयाँ चमक र समाज, संस्कृति चिनाउने सधैं उद्यत निबन्धकारका रूपमा स्थापित छन्।’

प्रकाशित: २९ भाद्र २०८१ ११:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App