२९ भाद्र २०८१ शनिबार
image/svg+xml
राजनीति

दाहालले रोष्ट्रमबाटै सोधे प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्राधिकरणको नेतृत्व तपाईँको हो की होइन भन्दै स्पष्टीकरण सोधेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै दाहालले सो कुरा बताएका हुन्।

उनले प्रतिनिधिसभाको बैठकमा भने, 'प्राधिकरणको रक्षा तपाईँको जिम्मेवारी हो कि होइन रु माफियाको पक्षमा लाग्दा सङ्कोच लाग्दैन ? यसमा प्राधिकरणको नेतृत्वलाई होइन प्रधानमन्त्रीलाई नै स्पष्टीकरण सोध्न चाहन्छु।'

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई डेडिकेटेड र ट्रंकलाइनको २२ अर्ब उठाउन पनि भनेका छन्। उनले भने, “२२ अर्बको कुरा नोट गरियोस्। प्रधानमन्त्रीको नियत सही छ भने क्याबिनेटबाट पास होस् २२ अर्बको प्रस्ताव।”

प्रकाशित: ११ भाद्र २०८१ १४:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App