२ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

झापामा दुई दिनमा दुईको हत्या

शिवसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिकामा दुई दिनमा दुईजनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अर्जुनधारा नगरपालिकामा शनिबार राति र शिवसताक्षीमा शुक्रबार राति गरी दुईजनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।

उनका अनुसार अर्जुनधारा नगरपालिका- ६ स्थित महानन्द चोकमा शनिबार राति इलाम सूर्योदय नगरपालिका- १० फिक्कलकी १९ वर्षीया मनीषा लाहोरको छुरा प्रहार गरी हत्या गरिएको छ।

लाहोर हत्याको आरोपमा कैलाली गौरीगञ्ज नगरपालिका-३ का २० वर्षीय अनिल विकलाई प्रहरीले पक्राउ गरेको छ।

लोहारलाई पटकपटक छुरा प्रहार गरी घाइते बनाएर भाग्ने क्रममा उनलाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए।

छुरा प्रहारबाट घाइते भएकी लोहारको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको हो।

यसैगरी, शिवसताक्षी नगरपालिका- ८ शितलचोक निवासी रामप्रसाद सिटौलाको उनकै दाजु नारायण सिटौलाले शुक्रबार राति मादक पदार्थ सेवन गरी हत्या गरेको प्रहरीले जनाएको छ।

दुवैले मादक पदार्थ खाएर झगडा गर्दा दाउराले हानेर भाई रामप्रसादको हत्या गरिएको प्रहरीले जनाएको छ।

उनलाई तत्काल प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले बताए।

प्रकाशित: २९ भाद्र २०८१ ०७:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App