२९ भाद्र २०८१ शनिबार
image/svg+xml
अर्थ

२२ अर्ब विद्युत वक्यौता रकम नउठाउनेमाथि छानविन गर्न संसदीय समिति बनाउनुपर्छः सांसद बाँस्कोटा

नेकपा (एमाले) का सांसद गोकुलप्रसाद बाँस्कोटाले डेडिकेटेड र ट्रंकलाइनको २२ अर्ब रुपैयाँ वक्यौता रकम नउठाउनेहरुप्रति छानविन गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने बताएका छन् ।

बिहीवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद बाँस्कोटाले डेडिकेटेड ट्रंकलाइनको वक्यौता रकम २२ अर्ब रुपैयाँ भएको भन्दै सबै रकम उठाउनुपर्ने बताएका हुन । उनले सार्वजनिक लेखा समितिको निष्कर्ष पनि २२ अर्ब रुपैयाँ नै उठाउनुपर्छ भन्ने रहेको बताए । उनले लेखा समितिलाई स्वतन्त्रतापूर्वक काम गर्न नदिने हो भने शक्तिशाली संसदीय छानविन समिति गठन गर्नुपर्ने बताए। उनले प्राधिकरणको नेतृत्वमा ७ वर्षदेखि एउटै व्यक्ति भएको भन्दै प्राधिकरणको अन्य कुराहरु पनि हेर्नुपर्ने बताए।

सांसद बाँस्कोटाले वर्तमान सरकारप्रति जनताको आशा भएको बताए । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही दिनअघिआफूलाई खोज्दै नआउन भनेको भन्दै दाहाललाई खोज्न कोही नआउने बताए । उनले दाहाललाई कोही खोज्न आउने भ्रममा नपर्न आग्रह समेत गरे ।  

प्रकाशित: १३ भाद्र २०८१ १६:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App