२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

पटिहानीका किसानले बीउ बेचेरै साढे ६ करोड आम्दानी गरे

उन्नत वीज वृद्धि कृषक समूहमार्फत् यहाँका किसानले धान, गहुँ, तोरी, मुसुरो, राजमाको बीउ उत्पादन गरेर मात्रै वार्षिक ६ करोड ५३ लाख ६३ हजार ३६३ रुपैयाँ बराबरको आम्दानी गरेको संस्थाका अध्यक्ष उमानाथ पौडेलले बताए।

मल ल्याउन संसदबाट विशेष प्रस्ताव पारित

प्रतिनिधिसभाले कृषकलाई रासायनिक मल सहज रूपमा उपलब्ध गराउन सरकारलाई निर्देशनसहित प्रस्ताव पारित गरेको छ।

कर्णालीबाट एक अर्ब बढी फलफूल र मासुजन्य पदार्थ निर्यात

कर्णालीले पछिल्लो चार वर्षको अवधिमा एक अर्ब बढीको फलफूल, तरकारी र मासुजन्य पदार्थ निर्यात गरेको छ।

कृषकलाई स्प्रेयर मेशीन प्रदान

कृषकहरुलाई प्रोत्साहित गरी व्यवसायिक धान खेतीलाई बढावा दिन कपिलवस्तु नगरपालिका वडा नम्बर ३ सुखरामपुरका ५० कृषकहरुलाई इलेक्ट्रिक स्प्रेयर ट्यांकीसहितका सामग्री उपलब्ध गराइएको छ।

अवसर पाए कम छैनन् मुसहर पनि

सरकार तथा गैरसरकारी निकायहरूले पनि मुसहरलाई केही गर्न नसक्ने, अरूको मजदूरी गर्नकै लागि जन्मेका रूपमा बुझ्ने जमाना गयो।

पानखेती: १५ वर्षसम्म दर्बिलो आम्दानी

उद्देश्य मिल्ने कृषक मिलेर कालिस्थान कृषक समूह गठन गरी पाँच कठ्ठा क्षेत्रफलमा पहिलो पटक व्यावसायिक पानखेती सुरु गरिएको समूहका सदस्य कृषक दिनबन्धु पोखरेलले जानकारी दिए।

ग्लोबल किसान कार्डमार्फत सहुलियतपूर्ण कृषिकर्जा

ग्लोबल आइएमई बैंक लिमिटेड, आर एन्ड डी इनोभेटिभ सोलुसन प्रालि र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाबीच कृषि क्षेत्रको आधुनिकीकरण मार्फत आत्मनिर्भर एवं व्यावसायिक कृषक उत्पादनका लागि कर्जा सहजीकरणसम्बन्धी सम्झौता भएको छ।

छ जनालाई भीमदत्त उत्कृष्ट कृषक पुरस्कार

कृषि पेशामा राम्रो गरेका कैलाली र कञ्चनपुरका ६ जना कृषक पुरस्कृत भएका छन्। सोमबार धनगढीको भूमि व्यवस्था तथा कृषि मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई कृषि विकास निर्देशनालय दिपायल डोटीले ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’द्वारा पुरस्कृत गरेको हो।

कृषकको गुनासोः बाँदरले मकै ध्वस्त बनायो, राहत पाएनौँ

“गत असार ११ गते बाँदरले तीन रोपनी क्षेत्रफलमा लगाइएको मकैखेती ध्वस्त बनायो, क्षतिको बारेमा नगरपालिकालाई जानकारी गराएँ तर क्षतिपूर्ति पाइँन”, तनहुँको व्यास नगरपालिका–६ का कृषक नवराज न्यौपानेले भने,“नगरपालिकाले कृषकलाई हेरेन।”

वर्षाले कृषि बालीलाई राहत

उनका अनुसार पसाउन लागेको धानबाली, कोपिला लाग्दै गरेका काउली बन्दा, साग, मुला, बोडी, गेँडागुडीलगायतका अहिले सिँचाइको उपयुक्त समय मानिन्छ।

दूधको मूल्य बढ्यो

दुग्ध व्यवसायीले अर्घाखाँचीमा दूधको मूल्य बढाएका छन्। दुग्ध व्यवसायीले बुधबारदेखि लागु हुने गरी दूधको मूल्यमा प्रतिलिटर १० रूपैयाँका दरले वृद्धि गरेका छन्।

मुलुकभरि रासायनिक मल अभावः किसान मारमा उत्पादन घट्ने चिन्ता

कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनजस्ता निकाय जवाफदेही नहुँदा किसानले दुःख पाएका छन्।

पाँच स्थानीय तहमा कृषक पाठशाला

किसानलाई बारीमै कृषि प्रणालीबारे ज्ञान दिन पाठशाला सञ्चालन हुन लागेको हो। कृषि ज्ञान केन्द्र मार्फत चालु आर्थिक वर्षमा एक बाली अवधि अर्थात १६ हप्तासम्म सञ्चालन गरिने बताईएको छ।

ब्याज अनुदानका लागि ग्लोबल बैंकसँग सम्झौता

कर्णालीका कृषकलाई सहुलियत कर्जा र ब्याजमा अनुदान उपलब्ध गराउने उद्देश्यले प्रदेश सरकार र ग्लोबल आइएमई बैंकबीच सम्झौता भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्