coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

छ जनालाई भीमदत्त उत्कृष्ट कृषक पुरस्कार

कृषि निर्देशनालयद्वारा पुरस्कृत भएपछि सामूहिक तस्बिर खिचाउँदै उत्कष्ट किसान। तस्बिरः पुष्पराज/नागरिक

कृषि पेशामा राम्रो गरेका कैलाली र कञ्चनपुरका ६ जना कृषक पुरस्कृत भएका छन्। सोमबार धनगढीको भूमि व्यवस्था तथा कृषि मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई कृषि विकास निर्देशनालय दिपायल डोटीले ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’द्वारा पुरस्कृत गरेको हो।

केरा खेतीमा उत्कृष्ट कार्य गरेको भन्दै गौरीगंगा नगरपालिका–३, का लक्षीराम आचार्य र भीमदत्त नगरपालिका–१० का पूर्णसिंह साउँद, पशुपालनमा टीकापुर–१ का चक्रबहादुर बटाला, भीमदत्त नगरपालिका–१८, का वीरेन्द्रबहादुर चन्द र शुक्लाफाँटा–१०, कञ्चनपुरका रमेशबहादुर धानुक र च्याउ खेतीमा गोदावरी–३ कैलालीका डिल्लीराज जोशीलाई पुरस्कारसहित सम्मानित गरिएको हो। उनीहरुलाई प्रमाणपत्रसहित जनही २५ हजार नगद पुरस्कारले पुरस्कृत गरिएको हो।

प्रदेश सरकारको नीति अनुसार प्रत्येक जिल्लाका उत्कृष्ट किसानलाई पुरस्कृत गर्ने कार्यक्रम अनुसार नै यसपटक कैलाली र कञ्चनपुरका ६ जना किसानलाई पुरस्कृत गरिएको कृषि विकास निर्देशनालय दिपायलका प्रमुख यज्ञराज जोशीले बताए। उनले भने,‘पहिलो लटमा हामीले कैलाली र कञ्चनपुरका किसानलाई पुरस्कृत गरेका छौँ, त्यसपछि क्रमशः सबै जिल्लामा पुगेर त्यहाँका उत्कृष्ट कृषकलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको छ।’

प्रकाशित: २० मंसिर २०७८ १३:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App