१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

दूधको मूल्य बढ्यो

दुग्ध व्यवसायीले अर्घाखाँचीमा दूधको मूल्य बढाएका छन्। दुग्ध व्यवसायीले बुधबारदेखि लागु हुने गरी दूधको मूल्यमा प्रतिलिटर १० रूपैयाँका दरले वृद्धि गरेका छन्। गाई र भैंसी दुवैको दूधको मूल्य प्रतिलिटर १० रूपैयाँले बढेको हो।

योसँगै अब भैंसीको दूध प्रतिलिटर ९० रूपैयाँ र गाईको ८० रूपैयाँ कायम गरिएको अर्घाखाँची बहुउद्देश्यीय कृषि तथा दुग्ध उत्पादन खरिदबिक्री बजारीकरण कृषक समूहका अध्यक्ष रामचन्द्र भुसालले जानकारी दिए। यसअघि भैंसीको दूध ८० र गाईको दूध ७० रूपैयाँ प्रतिलिटर थियो।

प्रकाशित: ७ आश्विन २०७८ ०२:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App