१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

ग्लोबल किसान कार्डमार्फत सहुलियतपूर्ण कृषिकर्जा

ग्लोबल आइएमई बैंक लिमिटेड, आर एन्ड डी इनोभेटिभ सोलुसन प्रालि र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाबीच कृषि क्षेत्रको आधुनिकीकरण मार्फत आत्मनिर्भर एवं व्यावसायिक कृषक उत्पादनका लागि कर्जा सहजीकरणसम्बन्धी सम्झौता भएको छ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, आर एन्ड डी इनोभेटिभ सोलुसनका प्रमुख कार्यकारी अधिकृत सुनितान्हेमा फुकी, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाकी उपमेयर विणादेवी राई र इन्फिकेयर प्रालिका निर्देशक सविन मानन्धरले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार बैंकले आर एन्ड डी इनोभेटिभ सोलुसन तथा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको सिफारिसमा कृषि पेसामा आबद्ध व्यावसायिक कृषकलाई आवश्यक मलखाद, बिउ–बिजन तथा विषादी खरिद गर्न ग्लोबल किसान कार्डमार्फत सहुलियतपूर्ण ब्याजदरमा कृषिकर्जा उपलब्ध गराउने बैंकले जनाएको छ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र आर एन्ड डी इनोभेटिभ सोलुसनले कृषक पहिचान तथा कृषकलाई आवश्यक तालिम प्रदान गर्ने बैंकको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २३ पुस २०७८ ०२:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App