१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

कृषकलाई स्प्रेयर मेशीन प्रदान

कपिलवस्तु नगरपालिका वडा नम्बर ३ सुखरामपुरमा स्प्रेयर ट्यांकी हस्तान्तरण गर्दै उपमेयर लक्ष्मी गुप्ता र वडाध्यक्ष प्रकाश गैरे।

कृषकहरुलाई प्रोत्साहित गरी व्यवसायिक धान खेतीलाई बढावा दिन कपिलवस्तु नगरपालिका वडा नम्बर ३ सुखरामपुरका ५० कृषकहरुलाई इलेक्ट्रिक स्प्रेयर ट्यांकीसहितका सामग्री उपलब्ध गराइएको छ।

ताम्रेश्वर कृषि सहकारी समूहमा आवद्ध रहेकाहरुलाई स्प्रेयर ट्यांकीसहित धानका बीउ, जींक, सल्फरसहितको सामाग्री उपलब्ध गराइएको हो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत धान बाली साना व्यवसायिक उत्पादन केन्द्र पकेट विकास कार्यक्रम अन्तरगत उनीहरुलाई सहकारीमार्फत् ५० प्रतिशत अनुदानको सो सामग्री उपलब्ध गराइएको हो।

२४ लाखको सामग्री मध्ये सो कार्यक्रम अन्तरगत १२ लाख अनुदान दिइएको हो। कपिलवस्तु नगरपालिकाकी नव निर्वाचित उपमेयर सुनिता गुप्ता र वडाध्यक्ष प्रकाश गैरले सहकारीमा आवद्ध कृषकहरुलाई सो सामग्री हस्तान्तरण गरेका थिए।

कार्यक्रममा कृषकहरुले सहज मलखादको आपूर्ति र कृषकहरुलाई अन्य सामग्रीहरु समते उपलब्ध गराउनु पर्ने माग उठिरहेकाे बेला उपमेयर गुप्ताले आफूले कृषकहरुको समस्या समाधान गर्ने गरी काम अघि बढाउने बताइन्।

‘मैले कृषकहरुका लागि उचित निर्णय लिन्छु’ उनले भनिन्। सो अवसरमा वडाध्यक्ष गैरले मलखाद बीउ विजन, सिचाई लगायतका सामग्रीहरु सहजरुमपा उपलब्ध गराउनु पर्ने माग गरे। नगरपालिका कृषि शाखाका प्रमुख भगवान दास गुप्ताले २० हेक्टर क्षेत्रमा धान खेतीका लागि सहकारीमा आवद्ध भएका कृषकहरुलाई ५० प्रतिशत अनुदानको सामग्री उपलब्ध गराइएको बताए।

कृषकहरुलाई क्षेत्रफलका आधारमा स्प्रेयर टंकी ६४४४ जातको हाईब्रिड धान ४ किलोका दरले, जीक, सल्फर लगायतको सामाग्री उपलब्ध गराइएको हो। १६ लिटर क्षमताको स्प्रेयर ट्यांकी हात र इलेक्ट्रिक दुवैबाट चलाउन मिल्छ।

सहकारीका अध्यक्ष राधेश्याम कोरीले सहकारीमा आवद्ध  भएका कृषकहरुको २० हेक्टर धान खेतीका लागि धान बालीको साना व्यवसायिक कार्यक्रम अन्तरगत ५० प्रतिशत अनुदानमा सो सामग्री उपलब्ध भएको बताए। प्राप्त सामग्रीहरुबाट आफूहरुले नमुना धान खेती गर्ने उनले बताए। सोही कार्यक्रम अन्तरगत अर्को लटमा पम्पसेट सेक्सन पाइप लगायतका सामग्री समेत आउने उनले बताए।

प्रकाशित: १४ जेष्ठ २०७९ ११:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App