८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

कबड्डी लिगको फ्रेन्चाइच टोली घोषणा

पहिलोपल्ट आयोजना हुन लागेको नेपाल कबड्डी लिग (एनकेएल) मा ६ सहरको प्रतिनिधित्व रहने गरी फेन्चाइच टोली घोषणा भएको छ।

पहिलोपल्ट आयोजना हुन लागेको एनकेएलमा काठमाडौं, पोखरा, विराटनगर, बुटवल, जनकपुर र धनगढी गरी ६ सहरको प्रतिनिधित्व रहने गरी फ्रेन्चाइज टोली घोषणा भएको हो। एस्ट्रोनिक्स म्यानेजमेन्ट प्रालिले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै पहिलो संस्करणको एनकेएलमा सहभागी हुने फ्रेन्चाइज टोलीको घोषणा गर्‍यो। यससँगै लामो समयदेखि नेपालका पुरुष कबड्डी खेलाडीको फ्रेन्चाइज लिग खेल्ने लक्ष्यको शुभारम्भ भएको छ। वर्तमान सरकारका गृहमन्त्री रमेश लेखकले लिगमा सहभागी हुने ६ वटा फ्रेन्चाइज टोलीका सहर सार्वजनिक गरेका हुन्।

सोही अवसरमा एनकेएलको लोगो र ट्रफी पनि सार्वजनिक गरिएको थियो। अखिल नेपाल कबड्डी संघले आगामी १० वर्षसम्मका लागि एस्ट्रोनिक्स म्यानेजमेन्ट प्रालिलाई लिग आयोजना गर्ने अधिकार दिएको थियो। एस्ट्रोनिक्सले शुक्रबार एक कार्यक्रम आयोजना गर्दै फ्रेन्चाइजमा रहने सहर, ट्रफी र लोगो सार्वजनिक गरेको हो।

गृहमन्त्री लेखक र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलगायतले उक्त ट्रफी सार्वजनिक गरेका हुन्। यद्यपि, अहिलेसम्म एनकेएल आयोजनाको मिति भने तय भएको छैन।

कार्यक्रममा खेलकुदमन्त्री चौधरीले नेपालमा पहिलोपल्ट आयोजना गर्न लागेको कबड्डी लिगले छुट्टै उत्साह र उमंगका हुने आशा व्यक्त गरे। कबड्डी संघका महासचिव अरविन्दकुमार झाले नेपालका कबड्डी खेलाडी र प्रशिक्षकको सपना र संघको लक्ष्यको रूपमा रहेको कबड्डी लिग आयोजनाको शुभारम्भ हुनु सुखद क्षण रहेको धारणा राखे। 

प्रकाशित: ८ मंसिर २०८१ ०७:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App