coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

पाँच स्थानीय तहमा कृषक पाठशाला

बैतडीका पाँच वटा स्थानीय तहमा कृषक पाठशाला सञ्चालन हुने भएको छ। किसानलाई बारीमै कृषि प्रणालीबारे ज्ञान दिन पाठशाला सञ्चालन हुन लागेको हो। कृषि ज्ञान केन्द्र मार्फत चालु आर्थिक वर्षमा एक बाली अवधि अर्थात १६ हप्तासम्म सञ्चालन गरिने बताईएको छ।

रसायनिक विषादीको प्रयोगमा कमी ल्याउदै तरकारी खेतीमा अन्य बैल्पिक विधिबाट रोग किराको नियन्त्रणका लागि कृषक पाठशाला सञ्चालन गर्न लागिएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ। पाठशालाले कृषकहरुलाई तरकारी खेती सम्बन्धित परामर्श दिने तथा रोग किराको नियन्त्रणका विधि अवलम्बन गर्दै उत्पादनमा वृद्धि गर्न टेवा पुगाउने केन्द्रले जनाएको छ। कृषि प्राविधिकले कृषककै बारीमा गएर तालिम दिँदा किसानलाई सहज हुने बताईएको छ।

पाटन नगरपालिकाको बन्तडमा, डिलासैनी गाउँपालिकाको वडा नम्बर ५ र ६ मा, पञ्चेश्वर गाउँपालिकामा र सुर्नया गाउँपालिका–१ मा तरकारी कृषक पाठशाला सञ्चालन गरिने कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख दिलबहादुर सिंहले जानकारी दिए। यस्तै दशरथचन्द नगरपालिका–१० मा आलु खेती कृषक पाठशाला सञ्चालन बताईएको छ। गत वर्ष पनि जिल्लाका बिभिन्न १० स्थानमा पाठशाला सञ्चालन गरिएको थियो।

प्रकाशित: १८ भाद्र २०७८ ०९:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App