बालबालिकाको लागि समय व्यवस्थापन

जति फराकिलो क्षेत्रमा खेल्न र हुर्कन पायो त्यति नै बालबालिकामा बाहिरी ज्ञानको विकास हुँदै जान्छ । आफूले खोजेका हरेक कुरा प्राप्त गर्नमै उनीहरू तल्लीन हुन्छन् र सफलता वा खुसी थपिएसँगै अर्को नयाँ विषयमा सोच्न थालिहाल्छन् । हामीले बालबालिकाको कुरामा कसरी समर्थन जनाउने र कसरी अस्वीकार गर्ने भन्ने कुरामा निकै ध्यान दिनुपर्छ ।