६ मंसिर २०८१ बिहीबार
image/svg+xml
वसन्त महर्जन


वसन्त महर्जनका लेखहरु :

बौद्धदर्शनः जीवन प्रवाहमा कर्मसिद्धान्त

जीवन चर्याका क्रममा यस्तो भन्ने गरेको पनि सुनिन्छ, ‘मरेर के लानु छ र ?’ अनेक खालका जीवन दर्शनमा यो भनाइले आफ्नो बेग्लै स्थान राख्छ। यसरी नै ‘खाली हात आउने र खाली हात नै जाने’ भनेको पनि सुन्न पाइन्छ। यी दुवै भनाइमा भौतिकवादी दृष्टिकोणको छाप प्रस्ट रूपमा पाइन्छ।

बौद्धमा जातीय विभेदको कालो धब्बा

विभिन्न आयामबाट हेर्ने–बुझ्ने क्रममा गौतम बुद्ध (इपू ५६३–४८३)को प्रशंसा र निन्दा गरिएको पाइन्छ।

निर्वाण अर्थात् सुखै सुख

सबै बौद्धका लागि सर्वप्रिय शब्द हो, ‘निर्वाण’। बुद्ध र बौद्धसँग सम्बन्धित सम्पूर्ण धर्मदर्शन तथा क्रियाकलापको तात्पर्य वा अन्तिम लक्ष्य निर्वाण मात्रै हो।

बौद्धमा स्वर्ग, नर्क र अन्य लोक

बौद्ध धर्म–दर्शनअनुसार मानव जन्मन ठूलो अवसर हो। कुशल कर्मको सम्पादनबाट पुण्य सञ्चय गर्न मानव योनी नै उपयुक्त मानिन्छ। बुद्धले कुशल कर्मको सम्पादनबाटै दुःख अन्त्य गर्न सकिने सिकाएका थिए।

समाज सुधारक होइनन् गौतम बुद्ध

धर्मदर्शन वा धार्मिक अगुवाले मालिक र सेवकबीच हुने वर्ग संघर्षको समाधानमा ध्यान दिएको पाइँदैन। गौतम बुद्धले पनि यसतर्फ चासो दिएका छैनन्।

गौतम बुद्धका आमा र छोराछोरीहरू

सुत्केरी पत्नी यशोधरा र छोरा राहुललाई घरमै छाडेर राति सुटुक्क भागेका सिद्धार्थ गौतम बुद्ध पछि भगवान् बने, यो उनीसम्बन्धीको सामान्य बुझाइ हो।

बोधिसत्वका व्यवहार

ऋषिले बुद्धलाई आफ्नो ढाडमा टेकेर जान अनुरोध गरिरहेको चित्रकला बौद्ध समाजमा निकै चर्चित छ। यस चित्रबारे जानकारी नभएका जो कोहीका मनमा लाग्न सक्छ, बुद्धसमक्ष एक ऋषिले साष्टांग दण्डवत् गरेका हुन्।

बुद्धको अपव्याख्या

नाम चलेका–नचलेका सबै पितृको उद्धारको कामना गर्दै माघ १० गते शुक्रबार सुनसरी खोला किनारस्थित गोविन्दघाटमा आयोजित सामूहिक तर्पण कार्यक्रममा ‘बाँच्नु मात्र पर्छ के के देखिन्छ’ भन्ने नेपाली आहान चरितार्थ भएको छ।

संस्कार, संस्कृति र बौद्ध धर्मदर्शन

आ–आफ्नो पहिचानजन्य संस्कार र संस्कृतिलाई बौद्ध धर्मदर्शनसँग जोडेर लाने क्रममा चिनियाँ बौद्ध धर्म, तिब्बती बौद्ध धर्म, जापानी बौद्धधर्म, थाई बौद्ध धर्म लगायत सम्प्रदाय जन्मिए। यो नै बौद्ध धर्मदर्शनको विशेषता हो।

बुद्ध मूर्तिलाई अर्थपूर्ण पाठ

नेपालमा गौतम बुद्धको नाम लिइन्छ, बौद्ध दर्शनलाई उपेक्षा गरिन्छ। हरेकपटक उनको नाम लिएर नेपालको प्रचारप्रसार गर्ने तर बौद्ध भावनालाई बेवास्ता गर्नु हदैसम्मको बेइमानी हो।

शान्तिमार्ग र क्रान्तिकारी बुद्ध

प्रार्थना र कर्मकाण्डले शान्ति स्थापना हुँदैन। बल प्रयोगपछि हुने सन्नाटा कथित शान्ति हो। छलछाम र भ्रमबाट झुटो शान्ति कायम हुन्छ। अन्ततः यो नै अशान्तिका लागि बारुद साबित हुन्छ।

आत्महत्यामा बौद्ध दृष्टिकोण

बौद्ध अभ्यासमा शील, समाधि र प्रज्ञालाई आधार भूमिका रूपमा लिइन्छ। शील बलियो नभई समाधि सम्भव छैन भने शील र समाधिलाई बलियो नबनाई प्रज्ञा उत्पन्न हुँदैन। प्रज्ञा उत्पन्न हुनु भनेको बौद्ध अभ्यासमा पूर्णता प्राप्त हुनु हो। आध्यात्मिक उन्नतिका लागि मात्रै नभएर भौतिक उन्नतिका लागि पनि शील उत्तिकै आवश्यक हुन्छ।

सैन्य सेवा र बौद्ध धर्म

सामाजिक सञ्जाल फेसबुकमा हालै एक व्यक्तिले सैनिक सेवामा आबद्ध कुनै पनि व्यक्ति बौद्ध हुन नसक्ने मन्तव्य पोस्ट गरे। यस भनाइमा दुईवटा तात्पर्य बुझ्न सकिन्छ। पहिलो, सैनिक सेवामा रहेका व्यक्ति हिंसा कार्यमा सरिक हुनुपर्ने हुँदा स्वभावतः उनीहरू बौद्ध हुन योग्य छैनन्।

स्वर्ग र नर्क

गौतम बुद्धको शिक्षामा आधारित बौद्ध धर्ममा आत्मा, परमात्मा तथा ईश्वर जस्ता अमूर्त कुरालाई स्थान छैन। अझ यसमा आत्मा, परमात्मा तथा ईश्वरको अस्तित्वको खण्डन नै गरिन्छ। भौतिकवादीका लागि पनि यी कुरा मान्य छैन।

विवाह सम्बन्ध र बुद्धका उपदेश

बौद्ध समाजमा दैनिक जीवनमा अपनाइने पञ्चशीलमा एउटा व्यभिचार नगर्नु पनि हो। यो शील भिक्षु–भिक्षुणीका सन्दर्भमा कुनै पनि प्रकारले यौनसँग सम्बन्धित कुरामा नलाग्नु भन्ने हुन्छ भने गृहस्थका सवालमा विवाहित जीवनसाथी बाहेक अन्यसँग सम्बन्ध नबनाउन भनिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्