१२ वैशाख २०८१ बुधबार
image/svg+xml
सृजना पाण्डेय


सृजना पाण्डेयका लेखहरु :

विद्यालय तहमा प्रवेश परीक्षाको औचित्य

विद्यालय तहमा नयाँ शैक्षिक सत्र सुरु हुँदैछ । यतिखेर तपाईं हामीमध्ये कतिपयले बाध्यताले अथवा रहरले पुराना स्कुल छोडेर आफ्ना नानीबाबुलाई नयाँ स्कुलमा भर्ना गर्ने तरखर गरिरहेका हुन सक्छौँ । नाम चलेका निजी स्कुलले भर्नाका लागि प्रवेश परीक्षा लिने भएकाले त्यसको तयारी पनि गराइरहेका हुन सक्छौँ । खासमा के हो त प्रवेश परीक्षाको रहस्य ? त्यसबारे चर्चा गरौँ ।

चकलेटः कति फाइदा कति बेफाइदा

टिनएजका केटाकेटीले अमिलो–पीरो मन पराएजस्तै बालबालिकाले गुलियो मन पराउँछन् । यो उनीहरूको स्वभाव हो । गुलियोको मात्रा अत्यधिक हुने चकलेट अहिले गाउँदेखि सहरसम्म गरिबदेखि धनीसम्म, सबैको पहुँचमा छ । बजारमा सबैतिर पाइने सस्तादेखि महँगासम्म धेरै प्रकारका चकलेट अहिले सजिला कोसेली र उपहार पनि भएका छन् ।

बालबालिकालाई दसैंको बिदामा कसरी खुसी राख्ने ?

बालकदेखि वृद्धसम्म महिला पुरुष सबै नेपालीका लागि खुसी लिएर आउने चाड हो दसैं । आफन्तसँगको भेटघाट, नयाँ ठाउँको घुमघाम, नयाँ लुगा, टीका–जमरा यिनै हुन् दसैँलाई रमाइलो बनाउने कुराहरू । नेपालीहरूको महान् चाड भएकैले दसैंमा विद्यालयहरूले बालबालिकालाई लामो बिदा दिएका हुन्छन् ।

बालबालिकालाई संविधानमा अधिकार व्यवहारमा तनावै तनाव

विश्वव्यापी मान्यताअनुसार १८ वर्षभन्दा मुनिका केटाकेटीलाई बालबालिका मानिन्छ भने नेपालको सन्दर्भमा १६ वर्षभन्दा मुनिका व्यक्तिलार्ई बालबालिका मानिएको छ ।

अभिभावक किशोर–किशोरीको मार्गदर्शक हुनुपर्छ

तेह्र–चौध वर्षदेखि करिब बीस वर्षसम्मको उमेर किशोर अवस्था हो। यो जीवनको असाध्यै महत्त्वपूर्ण समय हो। यस अवस्थामा शारीरिक परिवर्तन र संवेगात्मक परिवर्तन तीव्ररूपमा भइरहेका हुन्छन्।

साना नानीलाई स्कुलभन्दा घर नै जाती

शिक्षा मनोविज्ञानले भन्छ– ६ वर्षको उमेरदेखि स्कुल उमेर सुरु हुन्छ। ६ वर्षभन्दा पहिले बालबालिकाहरू शारीरिक तथा मानसिक परिपक्वताको कमीले स्कुल जाने उमेरमा पुगेका हुँदैनन्।

प्रविधिमा बाल–पहुँच कति फाइदा कति बेफाइदा ?

आज संसारले प्रविधिमा ठूलो फड्को मारेको छ । विश्वव्यापीकरणले गर्दा नेपाल पनि त्यसबाट अछुतो रहने कुरा भएन । दुई दशक अघिसम्म नेपालका गाउँमा सञ्चारका लागि चिठीपत्रको विकल्प थिएन । हिजोआज भने सबैका हातहातमा मोबाइल, कम्प्युटर आदि विद्युतीय सामग्री पुगिसकेका छन् । प्रौढहरुलाई सूचना र सञ्चारको सामग्री बनेका यस्ता साधनहरू बालबालिकाका लागि खेलौना भएका छन् ।

नयाँ दुलही परिवारमा कसरी समायोजित हुन्छिन् ?

विवाह दुई फरक परिवेशमा हुर्केका केटा र केटीले एउटै परिवार बनेर सहयात्रा आरम्भ गर्ने बिन्दु हो । नेपालको सामाजिक परिवेशअनुसार विवाहपछि दुलही दुलाहाको घर जानुपर्छ। आफू जन्मेहुर्केको परिवार छोडेर नयाँ परिवारमा समायोजित हुनुपर्ने भएकाले उनलाई सुरुमा असहज लाग्नु स्वाभाविकै हो । यसरी नयाँ परिवारको सदस्य बनेर जाँदा त्यहाँ घुलमिल हुन कसरी सहज हुन्छ भन्ने कुरामा दुलहीको आफ्नै, दुलाहाको, दुलाहाका परिवारको र दुलहीका माइतीको पनि महत्वपूर्ण भूमिका हुन्छ । यसबारेमा आफ्नो ठाउँबाट कसले कसरी भूमिका निर्वाह गर्न सक्छन् भन्ने कुरा चर्चा गरौँ ।

बालबालिकाको बिदा कसरी उपयोग गर्ने ?

बिदाको कुरा सुन्नेबित्तिकै प्रायः बालबालिका खुसीले फुर्किन्छन् । अझ २०–२५ दिनको बिदा आयो भने त उनीहरूमा खुसीको सीमा रहन्न । छुट्टी रे छुट्टी भन्दै खुट्टो उचालेर नाच्न पो थाल्छन् ! यता अभिभावकलाई भने बालबालिकाको बिदा भयो भन्ने सुन्नासाथ टाउको दुखाइ सुरु हुन्छ।

परिवार सँगै छैन दसैँ खल्लो लाग्छ

नेपाली समाजमा रिनधन गरेर भए पनि दसैँ रमाइलो गरी मनाउने चलन छ । हुनेखानेले मात्र होइन हुँदा खानेले पनि वर्षमा एकचोटि नयाँ लुगा र टीका–जमरा लगाएर ठाँटिने र वर्षभरिका पिरबेथा भुल्ने चाड हो दसैँ । कसैले केही मोज गर्यो भने नेपालीमा भनाइ नै छ– ‘यसलाई त दसैं पो आएछ ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्