बन्दाबन्दीमा मेरो दिनचर्या

कैयौं मान्छे सम्पत्तिका लागि मरिरहेका हुन्थे । सम्पत्ति मात्र ठूलो कुरा रहेनछ । यसले आफ्नो स्वास्थ्य र शरीर नै सबैभन्दा ठूलो रहेछ भन्ने कुरा सिकाएको छ । अहिले काठमाडौं हराभरा भएको छ रे । सफा र स्वच्छ भएको छ रे । धुँवाधुलो हटेको छ रे । कलकारखाना र यातायात नचलेर होला ओजन तह बढिरहेको छ रे ।