स्वास्थ्यका लागि योग र ध्यान

आजकाल मानिसहरू कामको बोझ र व्यस्तताले धेरै नै चिन्तित हुने गर्छन् । धेरै चिन्ता लिनाले मानिसहरूमा डिप्रेसन जस्तो भयानक मानसिक रोग देखापर्ने गरेको छ । यस्ता मानिसहरूका लागि योग र ध्यानको महत्व निकै हुन्छ । योग र ध्यान गर्नाले मानिसको मानसिक स्वास्थ्य निकै राम्रो हुने कुरा वैज्ञानिकहरूले पुष्टि गरेका छन् ।