कामको सम्मान

‘स्वास्थ्य हाम्रो अमूल्य धन’ हो । हामी स्वस्थ भएमा रोगले हामीलाई आक्रमण गर्न सक्तैन । स्वस्थ मान्छे नै निरोगी हुन्छ । हामीले स्वस्थ रहन सफा पानी पिउनुपर्छ, सफा भाँडामा खानुपर्छ, सडेगलेको खाना खानु हुँदैन, घर वरिपरि सफा राख्नुपर्छ, फोहोर ठाउँमा खेल्नु हुँदैन, दिसा गरेपछि र खाना खानुअघि साबुनपानीले हात धुनुपर्छ । यति गरयो भने हामीलाई रोग लाग्दैन ।