कक्षा—२,
अक्षरा स्कुल, काँडाघारी, काठमाडौं ।
मेरो मामाघर इलामको मंगलबारे भन्ने ठाउँमा छ । इलाम धेरै चिसो र रमाइलो छ । कहिलेकाहीं त हिउँ पनि पर्छ ।
ममी र मामा घर गएका थियौं । आमा भित्र टिभी हेर्न थाल्नुभएको थियो । म बाख्रासँग खेल्न जाँदै थिएँ । माटो रङको चिप्लेकीरा रछ । माटो भनेर कुल्चेको म त चिप्लें । लड्न लागेको थिएँ तर भित्तामा समातेकोले लड्नचाहिं पाइनँ । भित्तामा समातेपछि अडेस लागें । म त झन्डै नरोको नि । कीरा त मरिगो नि । कीरा मर्दा पीर लाग्यो । त्यसको मुखमै रगत आको थ्यो ।
इलाम मलाई मन पर्छ । किनकि मेरो मामाघर हो । आमाको माइती हो त्यही भएर मन पर्छ । बाबाको ससुराली हो ।
मेरो मामा घरमा एउटा बाछो थियो । त्यो बाछो पनि बूढो भइसक्यो जस्तो लाग्छ मलाई । ठूलो भएर गोरु भयो होला जस्तै लाग्छ मलाई त । गोरु भएपछि हलो जोत्छ ।
अर्काे गाई थियो । त्यसले अर्काे बाछो पाइसक्यो होला । ठूलो पनि भइसक्यो होला । बाछा दुईवटा भइसक्यो होला । इलामको बुबाले एउटा मान्छेलाई खेत जोत्न राख्दिनुभयो होला । खाना बनाउने मान्छे राख्नुभयो होला बुबाले । त्यही मान्छेले खेत पनि जोत्दो हो । टिभी पनि त्यसैले खोल्दिन्छ । सुत्दा पनि त्यसले बत्ती निभाइदिन्छ । बाहिर गएर हामी गएर चुकुल लगाइदिने । चुकुल म लगाइदिइहाल्छु । आरामै आराम सब । काम आफैं गर्नुपर्छ । मेरो कामचाहिं चुकुल लगाउने ।
इलामका बुबा आमा बूढो भइसक्नुभयो । मेरो इलामको बुबा नेत्रप्रसाद खनाल हो । आमाको नामचाहिं थाहा छैन । बाबालाई थाहा छ होला आमाको नाम । किनकि बाबा त इलामको बुबा र आमाको जुवाइँ । इलामको बुबा इन्डियाको आर्मी हो । आर्मीले आफ्नो देशमा गुण्डा आयो भने तिनीहरूसँग लडेर आफ्नो देशको सुरक्षा गर्छन् । बुबाले भारतको सुरक्षा गर्नुभयो । जे भए पनि एउटा देशको सुरक्षा त गर्नुभयो नि ।
मेरो लागि र रमणको लागि केके बनाइदिनु हुन्छ बुबाले । जस्तो खेल्नका लागि गाडी बनाइदिनुभएको थियो । काठको जीप बनाइदिनुभएको थियो । म तान्थें, रमणले तान्थ्यो, म बस्थें र रमणले तान्थ्यो । यो खेल्दा राम्रो लाग्थ्यो ।
एउटा साडीले बनाएको पिङ पनि छ । त्यसमा म खेलेको थिएँ हुईहुई गरेर । इलामको बुबाले नि पिङ कति खेलाउनुभएको थियो । बुबाले हुइय हुरयाइदिनुभएको थियो । पिङ त पूरै उल्टी हान्दियो । तैपनि लडिएन । कस्तो मजा आयो । मैले पिङको डोरी समातेर बसेको ।
एउटा मात्र बाख्रा छ । दुईवटामा बाख्रा छ । एउटामा बोका छ । दुईतीनवटा छ भन्नुहुन्थ्यो ममीले । म सानो छँदा मैंले डोको पनि बोकेको थिएँ । डोकामा एउटा डोरी थियो । त्यो डोरीलाई आफ्नो टाउकोमा राखें अनि हिंडे । हिंडेर आमासँग खेतमा घाँस लिन गए । गाईवस्तुलाई हाले ।
बिहान उठ्नेबित्तिकै इलामको बुबासँग गाईलाई खोले बनाएको हेर्न जान्थें । यतिखेर मामाघरको सम्झना रमाउँदै आइरहेको छ । मलाई मामा घर पो जान मन लाग्यो । लकडाउन कहिले खुल्ला र मामाघर जान पाइने हो । अनलाइन क्लास छ । त्यो मामाघर गएर पनि गर्न मिलिहाल्छ नि । मामाघर नगएको एक वर्षभन्दा पनि धेरै भयो । इलाम गएर गाईबाख्रासँग खेल्छु । मेरो मामाघरमा माछा पोखरी छ । माछा पोखरीमा धेरै माछा छन् । अहिले त ठूला भइसके होला भन्ने लाग्छ । गको छैन अहिले । माछा आफैं पक्रन्छु । त्यहा“ गएर फिसिङ गर्छु । मामाघरमा गड्यौला धेरै पाइन्छ । बल्छीमा गड्यौला राखेर फिसिङ गर्ने प्लान छ ।
प्रकाशित: ४ असार २०७७ ०५:२८ बिहीबार