२३ असार २०७७ मंगलबार
अन्य

कविता संग्रहको तयारीमा

सासा अधिकारी

स्कुलमा जाँच सकिएकै थिएन देशमा महामारी छिरयो। एउटा जाँच दिन न पाइएन मेहनत गरेर पढेको थिएँ । तैपनि जाँच दिन नपाउँदाको दुख अति धेरै लाग्यो । त्यसपछि देशमा लकडाउन भयो । घरबाट निस्कन सम्भव भएन । घरबाट निस्कन नपाएपछि दिमाग धेरै दिनसम्म ह्याङ भइरह्यो । एकदुई दिन त रमाइलो लागेको थियो । 

त्यसपछि भने घरमा बस्दाबस्दा दिक्क लाग्न थाल्यो । त्यतिकैमा नतीजा पनि आयो । राम्रो अंकको साथमा पास पनि भइयो । तर पनि नयाँ पुस्तक छुन नपाउँदा, नयाँ साथीहरूसँग भेट्न नपाउँदा र स्कुल जान नपाउँदा भने साह्रै नरमाइलो लाग्यो । नतीजाको केही दिनपछि स्कुलले अनलाइन कक्षा सञ्चालन गरयो । म पनि अनलाइन कक्षा पढ्न थाले । मलाई अनलाइन कक्षा मन परेन  ।  साथी र गुरुहरूसँग बसेर पढ्नुको रमाइलो बेग्लै हुने रहेछ तर अनुहारमा मात्रै साथीहरूको गुरुहरूको देख्न पाउँदा खुसीको सीमा थिएन ।

अहिले त लकडाउनको सुरूवाती दिनमा जस्तो दिक्क लाग्दैन । पढ्नमा नै दिनको पाँच घन्टा जान्छ । बाँकी समय टिभी हेरेर र युटयुवमा राम्रो राम्रो फिलिम हेरेर बिताउँछु । प्रत्येक साँझ बाबाले स्कुटरमा एकपटक बाहिर घुमाइदिनुहुन्छ जसले गर्दा त्यति धेरै दिक्क लागेको छैन । आफ्नै नजिकमा धेरै साथीहरू छन् तैपनि उनीहरूको घर जान पाइँदैन । उनीहरूसँग बसेर धेरै कुरा गरिन्थ्यो अहिले त त्यो पनि छैन । म र साथीहरू  आआफ्नै घरमा  छौं ।  तर कहिलेकाहीँ हामी शारीरिक दूरी कायम राखेर कुराकानी गर्छौं । उनीहरू पनि घरबाहिर निस्कन नपाएकोमा दिक्क मानेका छन् ।

धेरै बेरसम्म कम्प्युटर हेर्नु पर्दा कहिलेकाहीँ आँखा दुख्न थालेको छ । कहिलेकाहीँ घरको काममा ममीलाई सघाउँथें । अहिले त त्यो पनि भियाउँदिन । घरमा धेरै समय बसेपछि काम पनि त त्यति नहुने रहेछ । धेरै दिक्क भएपछि म के गरौं भन्ने भयो । ममीबाबाको सल्लाहअनुसार कविता लेख्न थाले । केही कविता लेखिसकेको थिए भने केही कविता लेखें ।

यो पटक मैले चाहिँ कविता संग्रह निकाल्छु भनेर ममीबाबालाई भनेको छु । उहाँहरूले पनि हुन्छ भन्नुभएको छ । त्यसैले पनि अचेल कविताहरू सुन्छु र कक्षा सकिएपछि कविता लेख्छु । अहिले मैले  झन्डै २० वटा कविता लेखिसकेको छु । स्कुलमा भए योभन्दा बढी कविता लेख्थे होला तर अब स्कुल त कहिले खुल्छ थाहा छैन । त्यसैले बचेको समय कविता संग्रह पढ्छु । 

ललिता दोषी, कृष्ण अविरल र विएन प्रकाशनबाट धेरै कविता संग्रह कथा संग्रह उपहारको रूपमा पाएको छु । त्यसैले पनि मलाई पढ्नका लागि पुस्तक खोजिरहनुपर्ने आवश्यकता पर्दैन । घरमा प्रशस्त मात्रामा पुस्तकहरू छन् । मेरो ठूलो ममीको छोरा अग्रिम पनि राम्रो कविता लेख्छ । उसले पनि कविता लेखिरहेको छ । त्यसैले हामी दुवै मिलेर यस वर्षचाहिँ कविता संग्रह ल्याउने तयारीमा छौँ । हुन त यो कोरोना कहिले सकिन्छ थाहा छैन तर बिस्तारै यसलाई जितेर भए पनि हामीले हाम्रो पाइला अगाडि बढाउनु छ । 

प्रकाशित: १० असार २०७७ १३:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App