बगदादस्थित अमेरिकी दूतावासले एक प्रमुख सुरक्षा सतर्कता जारी गरेको छ। इरानसँग सम्बन्धित लडाकू समूहहरूले आगामी २४ देखि ४८ घण्टाभित्र मध्य बगदादमा आक्रमण गर्न सक्ने भन्दै दूतावासले आफ्ना नागरिकहरूलाई इराक छाड्न निर्देशन दिएको छ।
दूतावासले विशेष गरी अमेरिकी नागरिकहरूलाई स्थिति द्रुत गतिमा बिग्रन सक्ने भन्दै इराकबाट तुरुन्तै बाहिर निस्कन चेतावनी दिएको हो।
अमेरिका र इरानबिच जारी युद्ध इराकमा फैलिएको बेला यो चेतावनी आएको हो। इरान समर्थित मिलिशियाहरूले पहिले पनि इराकमा रहेका अमेरिकी अड्डाहरू, दूतावास र अन्य सुविधाहरूलाई निशाना बनाएका थिए र अब नयाँ आक्रमणको खतरा बढेको छ।
प्रकाशित: १९ चैत्र २०८२ ११:३५ बिहीबार





