१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

‘समर लभ’ आफ्नै कथा जस्तो लाग्यो

‘मारुनी’ फिल्मबाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी अभिनेत्री हुन्, रेविका गुरुङ । उनले अभिनय गरेको दोस्रो  फिल्म ‘म’ प्रदर्शनको तयारीमा रहेको छ । उनले आफूलाई प्रिय लाग्ने कुरा यसरी बताएकी छन्ः 

पुस्तक
खाली समयमा मलाई पुस्तक पढ्न र युट्युबमा सिरिज हेरेर नै समय बिताउने गर्छु । मलाई पछिल्लो समय ‘समर लभ’ मन परेको हो । यो पुस्तक पढ्दा म आफैँ पात्र हो कि जस्तो फिल आइराथ्यो ।

लेखक
लेखक आ–आफ्नो ठाउँमा सबै राम्रा नै लाग्छन् । नेपालीमा मलाई सुविन भट्टराईको लेखन मनपर्छ । उहाँको ‘समर लभ’ पढ्दा नै कस्तो राम्रो लेखेको होला भन्ने लागेको थियो । उहाँले युवापुस्ताको मनोभाव बुझेर लेखेजस्तो लाग्छ ।

फिल्म
नेपाली फिल्म त मलाई खासै मन पर्दैन । मलाई मन परेको एक दुई वटा हो । त्यो पनि ‘परालको आगो’ । धेरै पहिला हेरेकी थिएँ । यो फिल्म मलाई मन पर्नुको कारण के हो भने, हाम्रो जोइन्ट परिवार हो । घरमा काकाकाकी, बुबाआमाको बेलाबखतमा झगडा भइरहन्थ्यो । अहिले झगडा हुन्थ्यो, फेरि मिलिहाल्नुहुन्थ्यो । त्यो फिल्ममा देखाइएको जस्तै । त्यसकारण घरमा झगडा हुँदा, त्यही फिल्मको याद आइहाल्थ्यो । त्यस कारण पनि ‘परालको आगो’ मलाई याद दिलाउने फिल्म हो ।

भेट्न मन लागेको व्यक्ति
मलाई त्यस्तो भेट्न मन लागेको व्यक्ति कोही पनि छैन ।

भेटिरहन मन लाग्ने व्यक्ति
मेरा थोरै साथी छन् । उनीहरुसँग नै भेट्न मन लाग्छ । मलाई साथीहरु बनाउन कहिल्यै आएन । थोरै साथीहरु बनाएँ तर बेस्ट बनाएँजस्तो लाग्छ । तिनीहरु नै हुन्, मलाई भेटन् मन लाग्ने व्यक्ति ।

फिल्म निर्देशक
मैले धेरै फिल्म हेरेँ तर फिल्म निर्देशकको नाम कहिल्यै याद गरिएन । आफू खेलेको फिल्मका निर्देशक नवल नेपाल नै मैले पहिलो पटक याद गरेको नाम हो । उहाँसँग काम गर्दा जुन रमाइलो भएको थियो, त्यसले मलाई यो पेशाप्रति सम्मान पनि जाग्यो । उहाँको काम गराउने शैली, काम गर्दा खाए÷नखाएको, सञ्चो÷विसञ्चो सोध्ने बानी थियो । यसो गर उसो गर भनेर सल्लाह दिने सायद कमै निर्देशक होलान् । मलाई निर्देशकममा नवल नेपाल नै ठीक लाग्यो।

ड्रेस
मलाई मुडअनुसार ड्रेस लगाउन मनपर्छ । कहिले क्याजुल ड्रेस नै मनपर्छ । कहिले अर्कै । मैले अहिलेसम्म मेरो फेभरेट ड्रेस बनाएकै छैन । अनि कुन ठाउँमा या कार्यक्रममा जाँदैछु, त्यही अनुसारको ड्रेस लगाउन मनपर्छ ।

कलर
मौसमअनुसार म कलरमा चुजी छु । समरमा मलाई त्यही अनुसारको ड्रेस मनपर्छ । मलाई कलरसँग खेल्न मनपर्छ । अरु समयमा डार्क कलर मनपर्ने गर्छ ।

सवारी साधन
मलाई यही भन्ने छैन । काठमाडौँका लागि छिटोछरितोका लागि मोटर साइकल नै हो तर सुरक्षित भइदैन । अर्को, धुलोधुँवाबाट जोगिन त गाडी नै ठीक हुन्छ । समयअनुसार फरक–फरक मनपर्ने हुँदोरहेछ ।

मोबाइल
मलाई त जुन चलायो त्यही मनपर्छ । अहिले मैले ओप्पो मलाई चलाइरहेकी छु । त्यसैले यही सजिलो र राम्रो लागिरहेको छ ।

सपिङ गर्ने ठाउँ
मेरो लागि स्पेशल ठाउँको सपिङ भन्ने छैन । आफूलाई बाटोमा हिँड्दा जहाँ मनपर्छ, त्यहीँ किन्छु । कहिलेकाहीँ घरअगाडि नै सपिङ गरिरहेको हुन्छु । कहिले सिटी सेन्टरमा पनि गरिरहेकी हुन्छु । अरुको जस्तो चुजी ठाउँ छैन ।

शहर
मलाई काठमाडौँ नै मनपर्छ । जे खोजे पनि काठमाडौँमा नै पाइन्छ । सुन्दरताको हिसाबले हेर्न हो भने काठमाडौँमा नै पाएको छु । यहीँ हुर्केर पनि होला, काठमाडाँैसँगको सामीप्य बढेको योबाहेक पोखरा पनि उत्तिकै राम्रो लाग्छ ।

चाडपर्व
नेपालीहरुको महान पर्व दसैँ तिहार नै मनपर्छ । दसैँ तिहारमा आफ्ना आफन्तको भेटघाट हुने रमाइलो गर्ने चाड त छँदैछ । अर्को, यो मौसममा जे–जे खाए पनि शरीरले पचाउन सक्ने क्षमता हुन्छ । हरेक कुराले भेट्न नपाएकाहरुको पनि भेट्ने फुर्सद यही बेला हुन्छ । अरु दिनभन्दा दसैँ विशेष नै हुन्छ । त्यस कारण मन परेको हो ।

चस्मा
मलाई त चस्मा अनिवार्यजस्तै भएको छ । मैले लगाउने चस्माको ब्रान्ड त थाहा छैन तर पावरवाला चस्मा नै लगाउँछु । चस्मा भएन भने त संसार अन्धकार हुन्छ । मेरो त चस्मा साथैमा हुन्छ ।

अभिनेता
मलाई मनपर्ने नेपाली फिल्मका अभिनेता कोही पनि छैनन् । धेरैमध्ये एकजना अभिनेता ठीकठीकै लाग्छ, उहाँ  विपिन कार्की हो । उहाँको अभिनय वास्तविकजस्तो लाग्छ । उहाँ धेरै क्यारेक्टर गर्न सक्ने क्षमताको अभिनेता हो जस्तो लाग्छ । अरु त खै त्यस्तो प्रिय भन्ने छैन ।

अभिनेत्री
मलाई नेपाली फिल्मका केही अभिनेत्री प्रिय लाग्छन् । जस्तै, नम्रता श्रेष्ठ,  प्रियंका कार्की, सृष्टि श्रेष्ठ मनपर्ने अभिनेत्री हुन् । उहाँहरुको अभिनयले मलाई प्रभाव पारेको हो । प्रियंका कार्कीको नयाँ सिरिज हेरेकी थिएँ । त्यो सिरिजबाट म ज्यादै प्रभावित भएँ । 

घडी
मलाई यो लगाउने कुरामा केही छैन किनभने मलाई भारी लाग्छ । अर्को कुरा गलामा लगाउने के के चिजहरु होस् या बालाहरु पटक्कै लाउनै सक्दिनँ । अनकन्फर्टेबल भएजस्तो लाग्छ । आफैँलाई केले थिचेको अनुभव हुन्छ । आफू खुल्ला भएजस्तो लाग्दैन । अहिलेसम्म घडी वा बाला वा चुराजस्ता चिजहरु लाएकै छैन ।

गुन्गुनाइरने गीत
यो गीत कुन बेला के गुन्गुनाइरहको हुन्छु थाहै हुँदैन । आफ्नो अगाडि टिभीमा मन परेको गीत बजेको छ भने त्यही गुन्गुनाइरहेको हुन्छु । मैले धेरै गाइरहने भनेको भजनहरु हो । भजन गीतहरु बढी मैले गुन्गुनाउने हो । नेपाली हिन्दी सबैखाले भजन गाउन मलाई मनपर्छ । अरु गीत भनेको मुखमा शब्द झुन्डिहाल्यो भने गाइहाल्छु । नत्र मुडअनुसार नै हो ।

फूल
सबै फूलहरु मलाई मन पर्छ । यो त्यो भन्ने नै छैन । सबै फूल मेरा लागि  प्रिय छन् ।

नेता
मलाई कोही पनि मन पर्दैन । सबै उस्तै लाग्छन् ।
                                                                                                              प्रस्तुतिः भोला अधिकारी

प्रकाशित: २ चैत्र २०७६ ०७:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App