७ वैशाख २०८१ शुक्रबार
रामदेवी महर्जन


रामदेवी महर्जनका लेखहरु :

मौसमी रुघाखोकी के हो ?, बच्ने कसरी ?

भाइबहिनी हो, नाकबाट पातलो कफ अथवा सिंगान बग्नुलाई चिसो लाग्नु अथवा रुघा लाग्नु भनिन्छ भने अंग्रेजीमा ‘कमन कोल्ड’।

गन्तव्य चन्द्रागिरि !

काठमाडौंको चन्द्रागिरि नगरपालिकामा घुम्ने, सिक्ने र रमाउने धेरै सम्पदा छन्। अब गुराँससँग लुकामारी खेल्दै र हिमालसँग आँखा जुधाउँदै चन्द्रागिरिका विभिन्न डाँडामा हाइकिङ, साइक्लिङ र बाइकिङ गर्ने कि !

नेपाल भ्रमण वर्षमा हाइकिङ

माघ–फागुन हिमाल खुल्ने मौसम। यतिबेला काठमाडौं उपत्यकाको जुन डाँडामा चढे पनि हिमालको दर्शन गर्न सकिन्छ। काठमाडौं बाहिरका डाँडाबाट पनि हिमाल अवलोकन गर्न पाइन्छ। त्यसैले आउनुहोस् आआफ्नो वरपरका डाँडापाखामा हाइकिङ गरेर नेपाल भ्रमण वर्ष २०२० मनाऔं। ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ लिऔं।

नमस्ते शंखरापुर

साँखुमा शुक्रबारबाट स्वस्थानी मेला सुरु भएको छ। जुन मेला महिना दिनसम्म चल्नेछ। मेलामा आध्यात्मिक वातावरण हुन्छ। मेला भरेर फर्कंदा त्यहाँबाट सागसब्जी, गेडागुडी, खुवा र परम्परागत भाँडावर्तन कोसेली ल्याउन पाइन्छ।

इन्द्रेश्वरदेखि गौखुरेश्वरसम्म

नेवारी कला, संस्कृति, इतिहास र प्रकृतिको मिठो संगम रहेको पदमार्गमा राजा पृथ्वीनारायण शाहको समूह पनि हिँडेको थियो। तिनताका नेपाल एकीकरण अभियानमा काभ्रेका सात गाउँसँग युद्ध लड्ने क्रममा यही पदमार्गका ठाउँठाउँमा सुरक्षा किल्ला अर्थात् कोट बनाइएको थियो।

उज्यालो कोन्ज्योसोम

दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिका प्रकृति र संस्कृतिको दोभान हो जसले पर्यटनबाट समृद्धिको शिखर चुम्न सक्छ। त्यसैले गाउँपालिकामा अवस्थित पर्यटकीय संभावना भएका सम्पदाहरूमा आवश्यक पूर्वाधार विकास र ब्राण्डिङ गरि प्रचारप्रसार गर्नुपर्ने देखिन्छ।

टाउको किन दुख्छ ?

हाम्रो शरीरले हामीसँग हरपल बोलिरहेको हुन्छ तर हामी यसको बोलीलाई बुझ्दैनौं। शरीरको बोलीलाई मात्र बुझ्न सकेमा अधिकांश स्वास्थ्य समस्याबाट बच्न सकिन्छ। टाउको दुख्दा पनि शरीरले पानी कमी भयो भनेर संकेत गरेको हो। त्यसैले टाउको दुख्नेबित्तिकै आफू खुशी औषधि नखाने। धेरै दुखेको अवस्थामा आराममा बस्ने। सहनै नसक्ने गरी दुखेमा चिकित्सकको सल्लाह लिने।

चम्पादेवीको उकालो चढ्दा...

हरेक महिनाको चौंथो शनिबार काठमाडौं सेरोफेरोमा हाइकिङ गराउँदै आएको प्रकृतिप्रेमी समूहले १४९ औं हाइकिङ चम्पादेवी क्षेत्रमा गराएको थियो। दसैंका बेला गरिएको पछिल्लो हाइकिङले हामीमा थप ऊर्जा बढायो।

बालबालिकालाई हाइकिङ

हाइकिङको अर्थ हो–हिँड्नु। ‘हाइ’ भनेको उचाइ र ‘किङ’ भनेको राजा। उचाइको राजा अर्थात् उचाइमा हिँडेर स्वास्थ्य लाभ गर्नुलाई हाइकिङ भनेर बुझ्न सकिन्छ। स्वस्थ रहन हामीले दिनमा कम्तीमा ४५ मिनेट हिँड्नु पर्छ भने महिनामा एक पटक हाइकिङ गर्नुपर्छ।

दसैं हाइकिङ

हिमाल खुल्ने मौसम। चारैतिर हरियाली वातावरण। परिवार र आफन्तको साथ। पर्वको रमझम। रमाइलो वातावरण। आउनुहोस् हाइकिङ गरौं। आफ्नो सेरोफेरोका डाँडापाखामा हिँडौं। स्वस्थ बनौं।

तीन महादेव दर्शन

हरियो डाँडा। डाँडामाथि खुला चौर। थुम्का जस्तो देखिने भएकाले नामै थुम्काडाँडा। चौरमा सल्लाका रुख। सिरसिरे चिसो बतास। काभ्रेको थुम्का डाडाँबाट राम्रो दृष्य देखिन्छ। चारैतिर थुम्कैथुम्का। तलतल गाउँबस्ती। सबैभन्दा माथि नीलो आकाश। कति मिठो सौन्दर्य ! प्रकृतिभन्दा सुन्दर अरू केही छैन। प्रकृतिको सुन्दरतामा नरम्ने को होला र ! हरियाली बिछ्यौना ओढेकी प्रकृतिको सुन्दरतालाई पृष्ठभूमि बनाएर पदयात्रीहरू फोटो खिच्न मस्त भए।

मनसुनको सौन्दर्यमा रमाउँदै

मनसुनमा पनि सजिलै पदयात्रा गर्न सकिने गन्तव्यहरू हुन् नागदह, झरुवाराशी, बज्रबाराही, सन्तानेश्वर। १४ किमि यात्रामा प्रकृति र संस्कृतिको अनुपम संगम भेटिन्छ।

शीतल ककनी !

काठमाडौं खाल्डो गर्मीले हपक्कै भएका बेला ककनी चिसै हुन्छ। हामी त पुग्यौं शीतल डाँडामा, तपाइँ पनि गर्मी छल्न त्यहाँ जाने कि ?

सर्भाइकल पेन, गर्धन दुखाइ के हो ?

उठ्ने, बस्ने, पढ्ने, लेख्ने, हिँड्ने, सुत्ने, खाने, खेल्ने, व्यायाम गर्ने आदि शरीरले गर्ने गतिविधि नमिलेर मेरुदण्डमा समस्या आउँछ। त्यसैले गर्धन दुख्नुको मुख्य कारण शरीरको पोस्चर नमिलेर हुन्छ भने केही दुखाइ खाएको खाना नमिलेर पनि हुन्छ। हामीले खाएको खाना नमिलेर शरीरमा फोहर जम्मा हुन्छ जसले रक्त संचारमा अवरोध भई जोर्नीहरू दुख्ने हुन्छ।

हरेक दिन योग दिवस

योगले निरोगी बनाउँछ। तन र मन दुवैलाई सुन्दर बनाउन सघाउँछ। त्यसैले सानैदेखि नियमित योग अभ्यास गर्नु पर्छ। सरकारले पनि विद्यालय तहको पाठ्यक्रममै अनिवार्य योग शिक्षा राख्नु पर्ने देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्