राजस्व छल्नेविरुद्ध मुद्दा दायर
राजस्व अनुसन्धान विभागले नक्कली बिलमार्फत मूल्य अभिवृद्धिकर (भ्याट) छलेको आरोपमा विभिन्न व्यावसायिक फर्म र तीनका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ ।
राजस्व अनुसन्धान विभागले नक्कली बिलमार्फत मूल्य अभिवृद्धिकर (भ्याट) छलेको आरोपमा विभिन्न व्यावसायिक फर्म र तीनका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ ।
नेपाल विद्युत् प्राधिकरणले अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षमा दुई प्रतिशत बिन्दुले विद्युत् चुहावट कम हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले उक्त जानकारी दिएका हुन् ।
उच्च स्वास्थ्य सतर्कता अपनाउँदै उडान सुरु गर्नुपर्ने भन्दै वायुसेवा कम्पनी र पर्यटन व्यवसायी दैनिकजसो मन्त्रालय धाइरहेका छन्।
निःशुल्क उद्धारको कार्यविधिमा श्रम स्वीकृति लिएर विदेश गएको एक वर्ष नपुग्दै रोजगारी गुमाएकालाई घरसम्म पुग्दा लाग्ने सम्पूर्ण खर्च कल्याणकारी कोषबाट बेहोर्ने उल्लेख छ।
जिल्लाका यातायात व्यवसायीलाई पनि लकडाउन अवधिमा १५ करोड रुपैयाँभन्दा बढीको घाटा भएको अनुमान छ। व्यवसायीका अनुसार दिनमा कम्तीमा दुई हजार रुपैयाँ नाफा नभएसम्म कुनै सवारी साधन चल्न सक्दैनन्।
कोभिड नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्रीसहित ६ करोड रुपैयाँ मूल्यका ३० कन्टेनर सामान नाकामै रोकिएका छन् ।
तरकारी र फलफूलका लागि सुर्खेतमा चिस्यान केन्द्र निर्माण गर्न लागिएको छ। भेरीगंगा नगरपालिका–१०, झिलमिलेमा उक्त चिस्यान केन्द्र निर्माण गर्न लागिएको हो।
समानेपाल उद्योग वाणिज्य महासंघको आसन्न चुनावमा वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका दुवै उम्मेदवारले मंगलबार आ–आफ्नो प्यानल घोेषणा गरेका छन्।
विशेष अदालतले भ्रष्टाचारको आरोप लागेका नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तिलक रावलसहित तीन जनालाई सफाइ दिएको छ।
मंगलबार नेप्से परिसूचक ५ दशमलव ४ अंकले बढेर १ हजार ३ सय ४७ दशमलव ४४ को विन्दुमा पुगेको छ । नेप्सेका अनुसार आज १ सय ८६ कम्पनीको २ लाख ५६ हजार १ सय २४ कित्ता शेयर किनबेच हुँदा ९९ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ ।
कोभिड-१९ को संक्रमणलाई जति प्रदेश र स्थानीय सरकारले प्राथमिकतामा राखेँ । विपदलाई भने त्यसरी कहिल्यै पनि प्राथमिकतामा राखेनन् । जबकी प्रदेश ५ मा कोभिडका कारण हालसम्म १३ जनाको मृत्यु भएको छ तर एक महिनामा बाढी र पहिरोले मात्रै प्रदेश ५ मा भने २० जनाको मृत्यु भइसकेको छ ।
रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आईतबार कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाका अध्यक्ष ताराचन्द केडियाले आव २०७५/७६ को वार्षिक प्रतिवेदन पेश गरेका थिए । कम्पनीका अन्य संचालकहरूमा श्री भरत कुमार तोदी, श्री जगदीशकुमार अग्रवाल, श्री अमितकुमार बेगानी तथा श्री सुन्दर प्रसाद कडेल थिए ।
सिद्धार्थ बैंक लिमिटेडले सोमबार दोलखा स्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माण गर्नका लागि हेल्प नेपाल नेटवर्कलाई पाँचलाख सहयोग गरेको छ । सो रकम बैंकका हेड अफ सर्कल अफिस, लाजिम्पाटकी निमा नेपालले हेल्प नेपाल नेटवर्कका कार्यक्रम संयोजक दिक्षा सिंहलाई हस्तान्तरण गरेकी हुन् ।
अरनिको राजमार्ग बाढीपहिरोले अवरुद्ध हुँदा उत्तरको मुख्य व्यापारिक नाका तातोपानीबाट हुने आयात सातादेखि ठप्प भएको छ । नाका भित्रिसकेका करोडौँ मूल्यका सामाग्री तातोपानीमै रोकिएका छन् ।
बैंक तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंकले आगामी आवको मौद्रिक नीतिमार्फत सर्तसहित बैंकास्योरेन्स सञ्चालन गर्ने भएको छ । यसअघि सम्बन्धित बैंक तथा बीमा कम्पनीले मनोमानी रुपमा बैंकास्योरेन्स गराएको भन्दै उजूरी परेपछि राष्ट्र बैंकले रोक्ने निर्णय गरेको थियो ।
नेपाल बङ्गलादेश बैँकले बचत खाता योजनाको बीमा सुविधा अन्तर्गतको १५ लाख रुपैयाँ बीमा रकम दाबी भुक्तानी गरेको छ ।
बाल्ट्राले अटोमेटिक ह्याण्ड सेनिटाइज डिस्पेन्सर बजारमा ल्याएको छ । नवीनतम र उच्चस्तरीय प्रविधिहरुको प्रयोग गरी बनाइएको यस ह्याण्ड सेनिटाइज डिस्पेन्सरको माध्यमबाट नछुईकन हात सेनिटाइज गर्न सकिने कम्पनीले जनाएको छ ।
काठमाडौं उपत्यकामा भाडाका बस छिटफुट सञ्चालनमा आएका छन् । सरकारले असार २६ देखि उपत्यका सहित जिल्लाभित्र छोटो दुरीका सार्वजनिक गाडी चल्न दिन निर्णय गरेको थियो ।
कृषि विभागको तथ्यांक अनुसार गत साता नै ६० प्रतिशतभन्दा बढी क्षेत्रमा धान रोपाइँ सकिएको थियो। उक्त तथ्यांकलाई आधार मान्दा अधिकांश ठाउँमा रोपाइँ सकिएको छ।
घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङमार्फत चालू आर्थिक वर्ष ०७६/७७ मा सञ्चालन हुने अधिकांश उद्यम विकास कार्यक्रम प्रभावित भएका छन्।
सुरुमा जुन क्षेत्रमा लगानी गर्ने योजनाले ऋण लिएपनि किस्ता तिर्ने बेला त्यसबाट आम्दानी नहुँदा आफूहरू डुब्नुपरेको पीडित बताउँछन्।
प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष ०७७÷७८ का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ। आइतबार बसेको प्रदेश सभामा बैठकमा सर्वसम्मत हुन नसकेपछि मत विभाजन गर्दा बहुमतले बजेट पारित भएको हो।
रसुवा भन्सार कार्यालयले आइतबारदेखि भन्सार जाँचपास सुरु गरेको छ। कार्यालयले पहिलो दिन ५५ लाख राजस्व संकलन गरेको छ।
सिरहाको नवराजपुर गाउँपालिका–३ जगतपुरमा पक्की सडक निर्माणकाका लागि गाउँपालिकाले जेठ ३२ मा उपभोक्ता समितिसँग १५ दिने कार्यसम्पन्न म्याद तोकेर सम्झौता गर्यो। म्याद सकिएपछि सुरु भएको १८ लाख ८६ हजार ४ सय ९८ रुपैयाँको यो योजनाको काममा व्यापक अनियमितता भएको गुनासो आए पनि सम्बन्धीत निकाय भने मौन छ।