१६ चैत्र २०८० शुक्रबार
अर्थ

राजस्व छल्नेविरुद्ध मुद्दा दायर

राजस्व अनुसन्धान विभागले नक्कली बिलमार्फत मूल्य अभिवृद्धिकर (भ्याट) छलेको आरोपमा विभिन्न व्यावसायिक फर्म र तीनका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ ।

विभागका अनुसार राजस्व छली गरेको आरोपमा युनिक वाइड इन्टरनेसनल र न्यू युनिक इन्टरनेसनलविरुद्ध ३७ करोड ६० लाख रूपैयाँ बिगो माग गरी उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । विभागको अनुसन्धानमा काठमाडौं महानगरपालिका–१ मा रहेका यी दुवै कम्पनीले वस्तु तथा सेवा खरिद नगरी नक्कली भ्याट बिल खरिद गरेर भ्याटसहित आयकरसमेत छली गरेको फेला परेको हो ।  

यस्तै, विभागले भैरहवा गल्लामन्डीमा रहेको सोनी ज्वेलर्सले अवैध सुन चोरी पैठारी गरी राजस्व छली गरेको आशंकामा अनुसन्धान सुरु गरेको छ । कम्पनीका सञ्चालक सुनिल सुनुवार र उनका सहयोगी अमित परियारबाट ९९ लाख ५ हजार रूपैयाँ नगद र अन्य कागजात नियन्त्रणमा लिइएको छ ।  

विभागको बुटवल कार्यालयले भैरहवाबाट बुटवलतर्फ आइरहेको सवारी साधन चेकजाँचका क्रममा नगद र कागजात नियन्त्रणमा लिएको हो ।

प्रकाशित: ३१ असार २०७७ ०४:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App