१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

उपन्यासकार विष्णुमान श्रेष्ठकाे ‘करिस्मा’ लाेकार्पण

सिर्जना कला साहित्य प्रतिष्ठान नेपालगञ्ज, बाँकेले उपन्यासकार विष्णुमान श्रेष्ठको उपन्यास ‘करिस्मा’ लोकार्पण गरेको छ।

महेन्द्र पुस्तकालय नेपालगन्जमा सम्पन्न कार्यक्रमा कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्राविधिक विश्वविद्यालयका सेवा आयोगका सदस्य प्राडा कृष्णप्रसाद घिमिरे र कार्यक्रमका विशिष्ट अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सभा सदस्य प्राज्ञ महानन्द ढकालले ‘करिस्मा’ उपन्यासको लोकार्पण गरेका थिए।

संस्थाका अध्यक्ष शशिराम कार्कीको अध्यक्षता र संस्थाका महासचिव जीतबहादुर शाहको सञ्चालन रहेको कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै प्राडा कृष्णप्रसाद घिमिरे करिस्मा सरल भाषामा लेखिएको नेपालगन्जको सुगन्ध बोकेको उपन्यास रहेको बताए।

प्राज्ञ महानन्द ढकालले करिस्मा उपन्यासले जातीय विभेद, वर्गीय विभेद र लैङ्गकि विभेद कडा रूपमा उठाएको बताउँदै विष्णुमानले आफूले पूरा गरेको जीवनको असी दसकको अनुभव  र अनुभूति समेत उपन्यासमा समेटिएको बताए।

लेखक नरेन्द्र जङ पिटरले विष्णुमान जस्ता परिपक्व व्यक्तबाट लेखिएका सिर्जनाहरू समाजका अमूल्य निधि भएको बताए।

लेखक विष्णुमान श्रेष्ठले मन्तव्य राख्दै करिस्मा उपन्यास कोरा कल्पना नभएर आफैँले देखेको, सुनेको र अनुभूति गरेको कथा भएको बताए।

समीक्षकहरू विष्णु पादुका र डा. खोपिराम ओली क्षेत्रीले कृतिको समीक्षात्मक टिप्पणी गर्दै करिस्माका कथा रोचक भएको र करिस्माले पुरानो गगनगञ्ज बोकेको बताए।

खजुरा प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा इन्द्र भण्डारी, कोहलपुर वाङ्मय प्रतिष्ठानकि कार्यवाहक अध्यक्ष सुमित्रा न्यौपाने, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष डा. पुष्कर रिजाल, सर्वदा साहित्य संगमका अध्यक्ष खगेन्द्र गिरि कोपिला, शाश्वत स्मृति प्रतिष्ठाका अध्यक्ष प्राडा जनार्दन आचार्य, अवधि साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष विष्णुलाल कुम्हाल, डा. राजकुमार चौधरी, कल्पना पौडेल, मणि अर्याल, विपि अस्तु, निरन्जना चन्द निरू लगायतको उपस्थिति रहेको थियाे।

प्रकाशित: १६ पुस २०८२ ०९:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App