नेकपा एमालेकी सचिव पद्मा अर्यालले अनुहारले नभई संगठन र विचारले राज्य सञ्चालन हुने बताएकी छन्।
वैकल्पिक शक्तिहरूबिचको गठबन्धन भइरहेका बेला अर्यालले सामाजिक सञ्जालमा लेख्दै इतिहास मेटेर नयाँ बन्न खोज्ने राजनीति दीर्घकालीन नहुने स्पष्ट पारेकी छन्। ‘इतिहास मेटेर नयाँ बन्न खोज्ने राजनीतिक दीर्घकालीन हुँदैन’ अर्यालले लेखेकी छन्।
अर्यालले एकताका नाममा परिवर्तनकारी दलहरूलाई विस्थापन गर्ने सोचले लोकतन्त्रलाई सशक्त होइन कमजोर बनाउने उल्लेख गरेकी छन्। ‘कथित एकताका नाममा परिवर्तनकारी दलहरूलाई विस्थापित गर्ने सोचले लोकतन्त्रलाई सशक्त होइन कमजोर बनाउँछ’ अर्यालको भनाइ छ।
प्रकाशित: १६ पुस २०८२ ०९:४२ बुधबार





