जहदा सडक पूर्वाधारको हिसाबमा कमजोरः अध्यक्ष साह

जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद साहले वर्षेनि लोहोन्द्रा र सिंगिया खोलामा आउने गरेको बाढीले गाउँपालिकाका ६ वडा प्रभावित हुने गरेको बताएका छन्। कृषिको उर्वरभूमि रहेको जहदा गाउँपालिकामा बाढीले बढी मात्रामा धान खेतमा असर गर्ने गरेको गुनासो उनको छ। गाउँपालिकामा सडकसँगै अन्य विकास निर्माणका लागि संघ र प्रदेशसँग बजेटका लागि हारगुहार गर्दा पनि सुनुवाइ नगरेको अध्यक्ष साहको भनाइ छ।